~रमेश भट्टराई ‘सहृदयी’~
खेल कस्तो दुनिया यो चक्र जस्तै घुम्दो रै’छ
शैली ढुङ्गेयुगकै खै मानवता गुम्दो रै’छ
बालापन सिक्यो बढ्यो प्रेम भाव आमाप्रिय
जवानीको मात चढ्दा घमण्डले चुम्दो रै’छ
ढल्क्यो उमेर समस्या भो अलि शान्त देखियो
जात उही बाँदरै हो मर्ने बेला रुङ्दो रै’छ
दिल खोली गुण गायो मरेपछि मुर्दालाई
बाँचुञ्जेल विषै बोकी सर्पले झैँ ठुङ्दो रै’छ
आदर्शका गफ चुट्दै चुस्छ खुन निरीहकै
वृद्ध भयो विगत सम्झ्यो अन्धो भै उङ्दो रै’छ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )