गीत : आँखामा साउन नझार

~सुयर्मा राइ~

आँखामा साउन नझार
बिपनादेखि थाकेर
जीवनको सपना नमार
ओ सरू……………………

उकाली चढ्दा ओराली झर्दा
कहीँ त ठेस लाग्छ
कहिले काहीँ सपना पनि
आफैलाई भार हुन्छ
फेरि गन्तव्य छुने हिम्मत नहार

ओ सरू……………………
आँखामा साउन नझार

अँध्यारोलाई छिचोली उज्यालो
आफैले खोज्नुपर्छ
काँडाहरू पन्छ्याएर बाटो
आफै सम्याउनुपर्छ
जहिले पनि शिखर चुम्ने साहस उमार

ओ सरू……………………
आँखामा साउन नझार

स्वर: जगदिश समाल
रचना : सुयर्मा राइ
सङ्गीत: दीपक जङ्गम

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.