~सुरेश हाचेकाली~
सोचेको पाइएन नसोचेको भइरह्यो
दाहिने बाटो जाउँला भन्दा बाटै देब्रे आइरह्यो।
गाए होलान् लाखौंलाखले पराजयको गाना
जिन्दगीको अर्को नाउँ भन्छन् बिडम्वना
जूनकिरीको ज्योति खोज्दा झ्याउँकिरीले गाइरह्यो
दाहिने बाटो जाउँला भन्दा बाटै देब्रे आइरह्यो।
पश्चिम पनि जान्थ्यो बाटो रोजिएछ पूर्व
यस्तो दोमन बोकी बाँच्ने मान्छे होलान् अर्ब
घामैघामले नुहाउँला भन्दा बादल कुहिरो छाइरह्यो
दाहिने बाटो जाउँला भन्दा बाटै देब्रे आइरह्यो।
(स्रोत : हिमाल खबर पत्रिका ८-२१ असोज २०७४)