उज्ज्वल जी.सी.का आठ हाइकुहरु

~उज्ज्वल जी.सी.~

मान्छेको मन
पापपुण्यको वस्ती
प्रायः अँध्यारो ।

ढुङ्गाको मुटु
पग्लिएन आँसुले
र्व्यर्थको नाता ।

स्वार्थको माया
क्षणभर गुलियो
नमीठो सत्य ।

स्वयम्भूमाथि
उडेर कागहरू
हरायो शान्ति ।

कागको हूल
एक्लिएको बकुल्ला
सत्यको रूप ।

इष्र्याको ज्वाला
दन्कियो आँखाभरि
मेटियो भाग्य ।

मनको ढोका
खोलेर अँधेरीमा
झरेछ यौन ।

फूलको गुच्छा
फक्रियो वसन्तमा
भवरा दङ्ग ।

(स्रोत : मधुपर्क, चैत्र २०६३)

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.