लघुकथा : कारे हजुरहरू

~हिरण्य भोजपुरे~

मेरो सालोको एउटा ‘पार्टी प्यालेस’ छ । नाम के रे भने ‘कमण्डलु’ । मलाई अचम्म लाग्छ त्यसले किन त्यो नाम राखेको हो ! माग्नका लागि त्यसले ‘प्यालेस’ खोलेको हो र ?

कुबुद्धि… !

बूढाले मलाई कुबुद्धि भन्यो । बुढाले मलाई, मेरा परिवार र मेरा आफन्तहरूलाई कुबुद्धि भन्यो । त्यति मात्र हो र, बुढाले तिमीले मलाई, हामीलाई र सबैलाई दुःख दिने भयो । पछिपछि यस्तो नहोस् भनेर मैले यो सुबुद्धि दिएको… पनि भन्यो ।

मैले सुनिरहँे । हामीले सुनिरह्यौँ । ९० लगभगका पितृतुल्य बूढाले के–के बोले भनेर हामीले आफ्नो बुद्धि भ्रष्ट गर्नु हुन्न झैँ लाग्यो र केही बोलेनौँ ।

कुरोको चुरो के भने मेरो छोरो अमेरिकाबाट आएको छ आफ्नी स्वास्नी र दुई वर्ष पुगेकी छोरीलाई च्यापेर । छोराकी छोरीको बर्थ–डे । बर्थ–डे पार्टी ! हामीले आफ्नो सालोको सान ‘कमण्डलु’ मा पार्टीको आयोजन मिलायौँ ।

संयोगले पार्टी पर्ने दिन रातभरि पानी परेछ । सबै सम्भ्रान्तले मात्र बुक गर्ने पार्टी प्यालेस ! रातभरि परेको बर्खे पानीले ‘बाबुराम मार्का’ को साइड सडक मोटर चल्नै नसक्ने गरी हिलाम्मे भएछ ।

बूढोपछिको युवा मन !

बुहारीका एक्ला भाइको पदार्पण झन्डै–झन्डै पूजा–अर्चना कार्यक्रम सकिने बेलामा भएछ । भन्नुभो — “पार्किङ नपाएर मेरी भान्जीको पहिलो ‘बर्थ–डे’ मा सामेल हुन नपाउने भएँ भन्ने लागेथ्यो । तै हजुरको ‘डाइबर’ ले देखेछ र मेरो मोटर लिएर पार्किङ मिलाउन गएकाले म आएँ ।”

बूढालाई मैले पचाएँ । बूढाको नातिलाई पचाउन अलि गाह«ो प¥यो । मैले नम्र भावले भनेँ — “के गर्ने बाबु ! हाम्रा दाजुभाइ–दिदीबहिनीपट्टि कसैको मोटर छैन । यताकालाई समस्या भएन । तिमीहरूसँग कारको कतार ! हामीले त्यो बोझ बोक्न सकेनाँै । सरी बाबु !”

(स्रोत : नेपालभूमी – २०७४ माघ ९ गते मङ्गलबार प्रकाशित अङ्कबाट)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.