गजल : सत्यको, आचरणको !

~शेखर ‘अस्तित्व’~

म गर्छु कुरा, सत्यको, आचरणको !
तिमीलाई बानी पर्यो, आवरणको !

सधैं ख्याल-ठट्टामा तिमीले उडायौ !
मेरो लागि थ्यो प्रश्न जीवन मरणको !

समय भा’छ रावण, कति ‘राम’ जप्ने ?
र कति हेर्ने यो दृश्य ‘सीता-हरणको !

गजल भित्र मात्रै रह्यो देश बाँकी !
सबैलाई चिन्ता छ पोषण भरणको !

कतै देखिंदैन त्यो प्रतिरोध क्षमता !
रहर देख्दछु मात्र शत्रु शरणको !

निदाएका छ्न् फेरि श्रोता यी ‘शेखर’ !
भयो व्यर्थ तेरो कथा जागरणको !

बुटवल–६
हाल : मुम्बई,

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.