~यकिना अगाध~
उहिले रावण नामक राजाले लंका भन्ने देशमा राज्य गर्दथ्यो । आफूले राजगर्न थालेपछि जनता आफ्नो पक्षमा नआउलान् भन्ने डरले उसले देशवासीसंग तीन वाचा गर्यो ।
पहिलो वाचा थियो– आफ्नो देशबासीलाई सिधै स्वर्ग पुग्ने भर्याङ हालिदिने ।
दोस्रो वाचा थियो– सबैलाई अजम्बरी बुट्टि ल्याइदिने ।
तेस्रो वाचा थियो– प्रत्येक जनतालाई आफ्नो जस्तै सुनैसुनको दरबार निर्माण गरिदिने ।
उसको यो वाचालाई देशबासीले संच्चै हो भन्ठानेर उसको अन्धभक्त बन्यो । देशमा उसको कोही विरोधी नभएकाले उ यति शक्तिशाली बन्यो कि अब उसलाई कसैले हराउन सक्ने स्थिति नै रहेन ।
देशबासी उसको अन्धोभक्ति बनेपछि शक्तिको उन्मादले उ पनि अन्धो बन्यो । उसले देशबासीसंग गरेका सबै वाचा बिस्र्यो र आयोध्या भन्ने देशको रामकी श्रीमति सीता हरण गर्यो ।
सीता हरणपछि उ त रहेन नै देश र देशबासी कसैको पनि नाम निशाना रहेनन् ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )