गजल : मानिसको भाषा

~धनराज गिरी~

बारुद र गोली भयो मानिसको भाषा
देखिएन कतै पनि यौटा झिनो आशा

आयो मृत्यु खेलाडी भै शान्त मैदानमा
प्राणै हर्ने खेलखेल्दै फ्याँकेको छ पासा

भयाक्रान्त भएका छौँ हिजोž-आज-भोलि
ढुक्कभई खेलेकाथ्यौँ यहीँ तेलकासा

विश्वासको बगैचामा ओइलाएछ फूल
भेटिएन कतै पनि यौटा मान्छे खासा

विधवाको सिउँदो जस्तो भए डाँडाकाँडा
यत्रतत्र उम्रिएछन् झार वनमासा

स्रोत: गजलामृत
Dhanraj Giri
Dahiya, Dabile Makawanpur

(स्रोत: तन्नेरी डट कम – Issue 11 – Kartik, 2062)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.