~ध्रुवरत्न तुलाधर~
डाँफेसरि नाँचुनाँचु लाग्छ मलाई
लालीगुराँस बनी फुलुँ लाग्छ मलाई
तर्राईको फाँटभरि तोरी फुलेझैं
असारको रोपाइमा दुःख भुलेझैं
धानको बाला बनी झुलुँ लाग्छ मलाई
चन्द्र सूर्य सरि हरदम ज्योति जलाउँदै
लेकबेंसी उडिरहुँ शान्ति फिजाउँदै
रनबन यहीँ डुलुँ लाग्छ मलाई ।
-महाराजगञ्ज
(स्रोत : मधुपर्क, चैत्र २०६३)