~मौसमजी भण्डारी~
कोहि उल्टो बोलेर खप्पिस मानिन्छन
रातदिन धोकेर खप्पिस मानिन्छन
हुलमुलमा सद्दे देखिने नारद हरु
कुरा बडा पोखेर खप्पिस मानिन्छन
पानाभरी सपना र थोरै कल्पनाका
बिघ्न चाहा कोरेर खप्पिस मानिन्छन
स्नेहको बहार ल्याउछन खालि थोरै जो
धेरै याद छोडेर खप्पिस मानिन्छन
एकताका पुजारी साधुहरु देखा देख
सिङ्गै स्वार्थ ओढेर खप्पिस मानिन्छन
मौसमजी भण्डारी
बिरेन्द्रनगर-१० सुर्खेत