लघुकथा : डर

~यकिना अगाध~

सर्पले टोक्ने बित्तिकै उ बेहोस भएका कारण घरका मान्छेहरुले हतार हतार सर्पदंश उपचार केन्द्रमा पुर्यायो । केही समयको उपचारपछि निको भयो र घर फर्कियो ।

केही महिनापछि घरको पींडिमा बसेर सबैजना गफिरहेका थिए । त्यहीबेला अलिपर एउटा ठूलो सर्प देखा पर्यो । घरको एक सदस्यले त्यो सर्पलाई देखाउदै भन्यो– ‘आबुइ ! यो सर्प त अस्तिनै तपाईलाई टोक्ने जत्रै पो रहेछ ।’

उसले त्यो सर्पतिर हेर्यो र आश्चर्यचकित स्वरमा सोध्यो– ‘साच्चै यत्रै थियो र ?’ त्यसबेला देखेकाहरुले एकै स्वरमा भने– ‘हो हो ।’

यो कुरा सुनेपछि उसको जीउमा एक्कासी अनौठो कम्पन छुट्यो र उ तुरुन्तै मर्यो ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.