~राकेश कार्की~
तिम्रो यादले मात्र पनि साथ दिन्छ
सम्झी सम्झी मुस्काउने मात दिन्छ
मजा छ यहाँ एक्लै हराउनमा
आफ्नै ठानी मन पराउनमा
तिमीले साटेको मीठो स्मरण
लहर बन्दै मलाई तैर्याउँछ
बेरेर लगी फेरी समुन्द्रमा
मायाको डुबाई निक्कै गहिर्याउँछ
छरिएका आशाका किरण किरणमा
तिमी आउँछ्यौँ लुट्पुटीन्छ्यौ
प्रत्येक बालुवाको कणकणमा
अझ रङ्गीन भै चम्किरहन्छ्यौ
तिमीले छापेको प्रेम छ गाढा
लर्कीरहेछन् चाहना झन् हुँदा टाढा
जो माया बस्यो त्यो रहिरहन्छ
अविरल अविश्रान्त बहिरहन्छ
सोचाई नै रैछ यहाँ नजिकाउने
बन्द परेली भित्र सजाउने
तिम्रो मुटु चलेर नै मेरो चल्छ
जहिले पनि जहाँ पनि खुशी बल्छ
– इन्जिनियर राकेश कार्की, लस् एन्जेलस्