~उज्ज्वल ढुङ्गेल “दीप”~
(मैले बैगुनीलाई माया गरें
बैगुनीले मलाई छल गरी )X2
(नगरोस् कसैले कसैलाई माया नगरोस् )X2
मैले यो मन दिएँ त्यो मन लिई माया साटेको
मेरो लागि तिम्ले तिम्रो लागि मैले सपना बाँडेको
(आज के भयो)X4 माया नै लाएको हैन भनी किन ढाँटेको
नगरोस् कसैले कसैलाई माया नगरोस्
भगवानलाई छोएर तिमीले म तिम्रै भनेको
तिमी सँग माया लाउन लाई माला उनेको
आज चिन्दिन भन्छ्यौ यो मैले के सुनेको
(मैले बैगुनीलाई माया गरें
बैगुनीले मलाई छल गरी )X2
(नगरोस कसैले कसैलाई माया नगरोस् )X2
माया नगरोस् ।।
शब्द : उज्ज्वल ढुङ्गेल “दीप”
स्वर : जग्दिश समाल
सङ्गीत : सागर गौतम