~गोपीकृष्ण ढुंगाना ‘पथिक’~
नदुख्ने भो अब मलाई कुनैपनि पोलाइले,
नथाम्ने भो कम्पन मेरो कुनैपनि छोपाइले ।
कल्पनाको संसारमा चन्द्रमा नै सम्झेपछि,
नबुझ्ने भो चित मेरो कुनैपनि सोचाइले ।।
यात्राहरुमा मेरो पाइला धर्ती कै धुलो भएपछि,
नबिझ्ने भो पाऊ मेरो कुनैपनि घोचाइले ।
उत्कृट ती अभिलाषा सगरमाथा बनेपछि,
नभेट्ने भो गहिराई मेरो कुनैपनि होचाइले ।।
आÇनो स्वार्थ पूरा गर्न सिउंने निहुंमा च्यातेपछि,
नजोड्ने भो नाता मेरो कुनैपनि बोलाइले ।।।
gopiji2065@gmail.com
काव्यकुञ्ज, गठ्ठाघर, भक्तपुर
(स्रोत : काव्यकुञ्ज डट कम)