कविता : स्वर्गकी परीको कथा

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

स्वर्गकी परी हो मोदी
मोदी राक्षस पनि हो
रङ बदल्ने छेपारो हो मोदी
तहसनहस भएको स्वर्गकी परी ।

अस्ति
उ नै परी भएर आए
मिठो भाषण गरे
सुनौलो परेवा भएर आए
भ्रम बाँडे र स्वर्गलाई चाहेको जति चोरेर लगे
उ परेवा पनि हो र वाज पनि
उनको सक्कली रङ
उहि पुरानै हो भनेर जनताले बुझेका थिए
उ परेवा होइनन् भनेर पनि बुझेका थिए
किनकि उनी अशान्ती चाहन्छन्
उनको भित्री आत्मा तिखो ठुंटको थियो, लुकाएको थियो
तर सत्ता वा गद्दीमा आसिन राजा जस्तो देखिने नेताहरुले
उनी परी नै हुन् भने
परी हो भनेर भन्न करकाप गरे, हपारे
सवैले परी नै हो भनेर भ्mयाली पिटे
नत्र ज्यान जोगाउन कठिन थियो ।

तर, त्यसपछि
परीले चिताएको सपना अधुरो भयो
परीले दिएको आदेश पनि अपुरो भयो
परी र त्यसको स्वर्गको गुनगान नगाइने भयो
तिनीहरुको झुठा प्रेमको कथा नछापिने भयो
परीले स्वर्गको कानून नेपालमा लाध्न नपाउने भयो
परीको आँखामा एकाएक रगत सल्बलायो
परीको दारा पलायो
परीको नंग्रा पलाउन थाल्यो
परीको मुखमा बाजको जस्तो तिखो ठुंट निस्कियो
पखेटा फिंजायो
म वाहेक तिमीहरु उड्न पाउँदैनौं भन्यो ।
चपाउने, कोपर्ने, ठुंग्ने काम शुरु ग¥यो
जसरी बर्षौं देखि गर्दै आएको थियो
राक्षसमा रुपान्तरित हुन कत्ति पनि समय लागेन
अहिले रङ बदलिएको छ
परीले रुप फेरेको छ
भयानक राक्षसको रुपमा देखिएको छ
असलियत देखाएको छ
नदिनाला कब्जा गरेर बाटो थुनछेक गरेको छ
नेपाली जनताको रगत पिएर अघाउन खोजेको छ
अनि फेरि पनि
आफु चोखिनको लागि झुठको खेती गर्दैछ ।

तर हाम्रा नेता,
राक्षसको अनुहारमा मुस्कान छर्कि दिएर
परी जस्तो सजाउने काम गर्छ
निमुखा जनताको पसिना र रगत पिलाउंदै
राक्षसलाई खुसी पारेर परी बनाउने कोशिसमा जुटेको छ ।
र जनता माझ घरिघरि भ्रम फैलाउने
भ्रमित नेताहरु त महाभ्रममा नै थिए
सिंगो देशलाई नै भ्रमको चक्रव्युहमा फसाएको छ ।

(१० अक्टोबर २०१५, फार्नबोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.