~यकिना अगाध~
बिरालोले सानो स्वरमा म्याउ म्याउ गर्यो र मालिकको वरीपरि घुम्यो । मालिकको खुट्टामा गएर पुच्छर ठाडो पार्दै जिउ दलेर लाडे पल्टियो । मालिकमा दयाभाव जाग्यो । उसले बिरालोको खाने भाडोमा दुध हालिदिदैं भन्यो– ‘ला ला मोरो घिच ! जति खाए नि नअघाउने…।’
कुकुरले घरको रखबारी गर्यो । बस्तुभाउ, अन्नबाली हेर्यो । भोक लागेपछि उ मालिक छेउ गयो र भुक्यो– ‘हाउ हाउ …।’
कुकुर चर्को स्वरमा भुकेको सुनेर मालिकलाई रिस उठ्यो र लखेट्दै भन्यो– ‘साला कुकुर ! कामधन्दा केही छैन । बेला न कुबेला हाउ हाउ…।’
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )