गीत : गैह्री धारा सुकिसक्यो

~एकु घिमिरे~

गैह्री धारा सुकिसक्यो , देवी कुवा सुक्यो
खर्क ढाक्ने निलो ताल कता लुक्यो-लुक्यो।

न बेंसीमा पयौं फुल्यो , न लेकमा गुराँस
समयले हामीलाई पार्न थाल्यो निरास
न बेलामा पानी पर्छ , न त हिउँ झर्छ
झुक्किएर परिहाल्दा बौलाए झैँ गर्छ।

गैह्री धारा सुकिसक्यो………………………….

रोगाएर सुक्न थाले चाँप अनि चिमाल
कालो -कालो हुँदै गयो चाँदीजस्तो हिमाल
वर्षा यामामा जाडो हुन्छ, हिउँदमा गर्मी
समयले लत्तो छाड्यो ,बन्यो धेर बेशर्मी।

गैह्री धारा सुकिसक्यो………………………………….

एकु घिमिरे
चैनपुर न पा -६ ,संखुवासभा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.