~ज्ञानेन्द्र गदाल~
कसको छ बाँच्नुमा श्रेय, सोचिहेर त गम्भीर भै
आमाको ममता भन्दा, छैन माथि अरु कुनै |
हिजो हामी कहाँ थियौं, हाम्रो अस्तित्व के थियो !
हिंड्दै जाँदा यात्राभरी, केके कुराले ठाउँ लियो !!
हाम्रो लागि धर्ति आज, बाँच्न योग्य भएको छ
जहाँ जाऊं शिरमा सधैं, मातृ आशिष रहेको छ |
जिउनलाई साहस दिन्छिन्, आफु रुँदै जिए पनि !
सबैलाई हँसाउछिन, आफु आँशु पिए पनि !!
निस्वार्थ उनको भक्ति, हामी रम्ने संसार हो
वात्सल्य प्रेम आमाको, बाँच्ने ठुलो आधार हो |
-अमेरिका