गजल : हो साथी

~केशव गाहा ‘पाल्पाली’~

देशका निम्ति सङ्घीयता घातक हो साथी ।
देश टुक्रा टुक्रा हुनु हानिकारक हो साथी ।।

अखण्ड हाम्रो देशलाई खण्ड खण्ड पारी ।
सुशासन हुन्छ भन्नु एक नाटक हो साथी ।।

जुट्नु पर्छ उठ्नु पर्छ हामी सबै देशवासी ।
छिन्न भिन्न हुनु विकासको बाधक हो साथी ।।

गर्‍र्यौं भने हामीबीच कुरा धर्म र जातको ।
यो त नपिउँदै लाग्ने एक मादक हो साथी ।।

जगाउ है देश प्रेम अनि स्वार्थ छोडिदेउ ।
सबै हामी देश चलाउने चालक हो साथी ।।

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ३७ – Aug. 19, 2015 – २०७२ भाद्र २ गते, बुधबार )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.