कविता : के खोजिरहेछ आँखाले

~निर्मला अर्याल~

के के खोजिरहेछ आँखाले
उसलाई आफै थाहा छैन
के के सोचिरहेछ मनले
उसलाई त्यो पनि थाह छैन ।

कुराकानी गर्न खोज्छे ऊ
तर जान्दिन कुरा पुर्याउन
मनमा लागेका कुराहरू
सक्तिन ऊ व्यक्त गर्न ।

भौंतारिरहन्छ उसको नजर
सन्तोष उसमा देखिन्न
कति रहस्यमय देखिन्छे ऊ
तर उसमा रहस्य रत्तीभर छैन ।

यस्तै लागिरहन्थ्यो मनमा
ठम्याउन सकेकी थिइन
एकदिन चाल पाएँ मैले
ऊ त अल्झाइमरको रोगी पो रहिछ ।

– डेनभर, कोलोराडो

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.