~रामकृष्ण घिमिरे~
छोराछोरी पाल्दा मैले साह्रै गरेँ दुःख
बुढो हुँदा सहारा चाहि“दा बल्ल थला परेँ
छोरो भयो मुग्लानिया छोरीज्वाइँको घर
आपतबिपत् दुःख पर्दा पर्ने कसको भर
रोजगार नदिई विदेशिने बनायो
परिवार बिछोड बनायो
काम गर्ने ठाउँ छैन माम खानलाई
किन चाहियो नागरिकता विदेशीलाई
काम गर्ने उमेर जति विदेशमा बित्यो
घर न घाटको हुँदा बल्ल नेपाल भित्रियो
नेपाली हामीले के पाइयो ?
हक पाउन आन्दोलन चाहियो
चुनाव चाहिँदा शासकले भोट किन्न हिड्छन्
नजानेर जनता उनकै पछि लड्छन्
आज हाम्लाई किन्नेहरु भोलि हाम्लाई बेच्छन्
काम नपर्दा बिदेशीले हामलाई पनि खेद्छन्
अब हामी नजाउ है विदेश
एकजुट भई बनाउँ स्वदेश
हाम्लाई फुटाई शासन गर्ने शासकको खेल
दुखी–गरिब मिली उठाउँ आन्दोलनको भेल
आफ्नो शक्ति चिनी हामी आफ्नै भर पर्दा
शोषकको नपरौँ भर
दूधको साक्षी बिरालो हुन्छ र ?
(अर्घाखाँची)
(स्रोत : हाँक विक्ली – वर्ष ३३, अंक १५ – Wednesday, March 9, 2016 – २०७२ फागुन २६ गते, बुधबार)