~खुमीराम रिजाल~
बाँसुरीको धुन अनि सारङ्गीको तारसँग
देश जोगाउन भीक्षा माग्छौँ जनतासँग
साथ पाउँ हात पाउँ, लागौँ एउटै बाटोमा
विदेशीले किल्ला गाड्न थाले देशको माटोमा
दीनदुखी सर्वहारा जनताको बोली बोलौँ हामी
सामन्ती र भ्रष्टाचारीको पोल खोलौँ हामी
मातृभूमि जोगाउन राष्ट्र यो बचाउन
राष्ट्रघातीका विरूद्ध युवाहरू लडँैँ हामी
बहुजाति, बहुभाषी, तराई पहाड हिमाल
चिराचिरा पार्न खोजे अखण्ड यो नेपाल
टुट्न हुन्न फुट्न हुन्न, हामी सबै जुट्नु पर्छ
सामन्तलाई छानी छानी अब हामी कुट्नु पर्छ
लडाइँ यो देशका लागि अब हामीले जित्नु पर्छ
हिमाल पहाड तराई सबै अब हामी उठ्नु पर्छ
तराईको फाँट अनि पहाडको उकाली ओराली
देश जोगाउन हिँडौँ अब मसालको राँको बाली
-फोप्ली–२, प्युठान
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ८ – Jan. 15, 2014 – २०७० माघ १ गते, बुधबार )