~कात्यायन~
– ‘थाहा छ छोरी मूर्ख कालिदास कसरी महाकवि कालिदास भए ?’
– ‘थाहा छ मामु |’
– ‘थाहा छ छोरा कसरी व्याधा रत्नाकर संस्कृतका आदिकवि बाल्मीकि भए ?’
– ‘थाहा छ बाबा |’
– ‘कसरी भए त छोरा-छोरीहरू हो ?’
– ‘जसरी हाम्रो देशमा कालिदासहरू सभा-मुख, उप-सभामुख र राष्ट्रपति तथा रत्नाकरहरू प्रधान-मन्त्रीहरू भएका छन् |’
– ‘तर उनीहरूले त अमर-कृतिहरू रचना गरेका थिए नि नानीहरू हो !’
– ‘तर यिनीहरूले पनि त उत्कृष्ट संविधान जो रचना गरेका छन् नि बाबा-मामु हजुर !
चाबहिल, काठमाडौँ – ७ |
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)