~चक्रदेव भट्ट~
छन्द : शार्दूलविक्रीडित
साल् अट्ठारसये एक्हत्तर असार्, उन्तीसका दिनमा।
भानू नाम उदाइ काव्य रसिलाे, रम्घा चुँदी गाउँमा।
बाजे श्रीकृष्ण हुन् पिता धनन्जयै, धर्मावती मातृ हुन्।
अक्षर् लेख्न सिकाउने प्रिय गुरू, बाजे ति श्रीकृष्ण हुन्।
१
रामायण् अनुवाद् गरे हृदयले, अाध्यात्मकाे चेतले।
घर् घर् मा सबले पढे रामकथा, अानन्दका भावले।
भानूभक्त भनेर चीनिन गए, संसारका माझमा।
शिक्षा नैतिककाे छरे जगभरी, यश् कीर्तिका साथमा।
२
माेतीराम थिए बडा गुणि कवी, त्याे माध्यमिक् कालमा।
भानूभक्त चिनाउने कवि यिनै,अादीकवी नाममा।
पाण्डूलीपि सँगालि कीर्ति यिनले, छापीदिए हर्षले।
भाषाकाे महिमा स्वदेश भरिमा, छर्कीदिए ताेषले।
३
नेपाली पहिचान कायम गरी, एकत्वकाे सम्झना।
नस् नस् मा सबका भिजाइदिनुभाे, नेपालिको भावना।
भातृप्रेम र पीतृभक्ति मनमा, संस्कारकाे साथमा।
अाज्ञापालनकाे मिठो रस दिने, ती भानुकै कृतिमा।
४
भानूकाे महिमा अपार अति नै, नेपालि साहित्यमा।
अाफ्नाे नाम अमर् बनाइ सहजै, हिमालि सान्निध्यमा।
नेपाली मनमा भिजेर सजिलै,प्रख्यात हुँदा भए।
भाषाकाे गरि खूब् प्रचार तिनले, विश्राम लीदा भएँ।
५
पर्शुराम नगरपालिका-५,
पारीगाउँ, डँडेल्धुरा
रचना मिति: २०७४/०३/२९ गते।
(स्रोत : रेडियो धनगढी डट कम)