लघुकथा : गधा

~यकिना अगाध~

कारखाना मालिकले आफ्नो एकजना मजदुरलाई गाली गर्दे हकार्यो– ‘साला ! गधा । तेरो बुद्धि छैन ?’

ढाडमा भारी बोकिरहेको मजदुर मालिकको गाली नसकिन्जेल केहीक्षण त्यही ठाउमा मेशिनझैं यन्त्रवत उभिइरह्यो । भारी बोकेर यही बाटो भएर आइरहेको एउटा गधाले पनि यो गाली सुन्यो । गधा टक्क अडियो । उसले मालिक र मजदुरको अनुहार हेर्यो । मालिक रवाफसाथ कराइरहेको थियो । मजदुर तरतर पसिना चुहाएर अर्को नया आदेशको पर्खाइमा थियो ।

यो दृष्य देखेपछि गधालाई लाग्यो– ‘मैले जस्तै इमानदारीपूर्वक परिश्रम गर्ने मान्छेलाई आखिरमा गधा भनिदो रहेछ ।’

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.