महानन्द ढकालका तीन मुक्तकहरु

~महानन्द ढकाल~

जब सरकार उज्यालो हुनेछ, भन्सार उज्यालो हुनेछ ।
बाटा–घाटा उज्याला हुनेछन्, धन्सार उज्यालो हुनेछ ।
आऊ एक कदम माथि उठौं मनको मैलो पखालेर
घरवार उज्यालो हुनेछ, यो संसार उज्यालो हुनेछ ।

मन्दिरमा शंख घण्ट बजाइ के गर्ने विचार छ
यो मञ्च यी तुल सजाइ के गर्ने विचार छ
म मेरो नैतिकता धरौटी राख्न सक्दिन मीत्र
मध्यरातमा ढोका ढक्ढकाइ के गर्ने विचार छ ?

सगरमाथा झुकेको कसरी हेर्न सकिएला
मेची काली दुखेको कसरी हेर्न सकिएला
हिमाल, पहाड, तराई आफ्नै लाग्छ मलाई
समिकरण फुटेको कसरी हेर्न सकिएला ?

महानन्द ढकाल
कोहलपुर -१२, बाँके ।

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.