गजल : बादलका टाटा हेर

~बाबुराम आचार्य~

आकाशमा देखिएका बादलका टाटा हेर
धरतीमा बल्झिएका घाउका खाटा हेर ।

कति छर्छौ खोक्रा आडम्बरी सपनाहरू
कृषि अनि अर्थतन्त्रमा आएको घाटा हेर ।

संविधान बनाउन त सकेनौ नेताज्यूहरू
सरकार बनाउने एक न एक त बाटा हेर ।

कतै देश असफल राष्ट्र हुने त होइन ?
इतिहास पल्टाएर असफलताको डाटा हेर ।

खण्ड खण्ड पारी देशलाई टुक्र्याउन खोज्नेहरू
स्वाभिमानी नेपालीको बीरताको गाथा हेर ।

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अंक १७ – March 18, 2015 – २०७१ चैत्र ४ गते )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.