नेपाली लघु-उपन्यास : सुनाखरी

~सुबिसुधा आचार्य~SubiSudha Acharya

सुनाखरी | नेपाली उपन्यास | सुबिसुधा आचार्य


भाग एक

दिन आधाभन्दा बढि नै ढल्केको छ ,अझै भन्नु पर्दा एक चौथाइ दिन मात्र बाँकी छ । “पुष फासफुस” बुढापाकाहरु यसै भन्छन् । गत वर्षको तुलनामा यो वर्ष जाडो अलि बढि नै होला, बिहान तुसारोले कोदाको ठुटिलाई सेतो किरिम दलिदिएको हुन्छ । त्यसो त दुबोले पनि बिहानमा सेतै फेटा गुथ्न बाँकी राखेको हुँदैन । “यो कति छोटो दिनहरु, बिहान उठ्यो खाना बनाउनकै चटारो, खानाको भाडा मोल्न भ्याएको छैन खाजा बनाउन जुट्नु पर्ने, फेरी उही बेलुकाको खाना । बाहिरी कामकाज केही गर्न पाएको हैन, कस्तो समय आउँछ बिहानको सूर्य उदाएपछि आँखा झिमिक्क पार्न नपाउँदै रात डिङ्ग चियाउन आउँछ ।” समिता मनमा कुरा खेलाउँदै कोदोबारीमा छरिएर रहेका मकैको ढोड बटुल्दै छे । “फुपु ढ्याप्पा” रमाले पछाडिबाट समिताको आँखा छोपिदिन्छे । “अरे रमा ! तिमी आज किन चाडो नि ? अनि खै त सन्देश, उसको छुट्टि भएको छैन ।” केही लाडिदै भन्छे रमा–“फुपु पनि आज लास्ट पिरेड खालि थियो त्यसैले म चाडै आएँ, सन्देशको क्लासमा सर हुनुहुन्थ्यो आइहाल्छ नि कति चिन्ता लिनु हुन्छ छोराको, अँ साच्ची फुपू आज खाजा के छ ?” “खै भान्सामा तिम्री आमा छिन् कुन्नी के बनाइन् , म अघिदेखि नै ढोड बटुल्न आएकी । धुरी त पुत्याएकै छ केही त पाक्यो होला नि जाउ घर अलिक पछि आउँछु म ।” “हस् फुपू” रमा छोटो कपाल हल्लाउँदै घरतीर हानिन्छे । “कति चञ्चले कति चुल्बुले छ यो रमा । कति खुशी छे कति प्रसन्न छे दुध निलेर भात ओकल्न पुगेको छ उसलाई । बाबा आमा, दाजुभाउजूको खुव माया पाएकी छे । कहिले काँहि आमाले भन्नुहुन्छ काटिकुटि रमाकै स्वभाब थियो समिताको ।” मनमा नाना तरहका कुराहरु खेलाउँदै समिताले निकै ढोड बटुलि सकेकी हुन्छे ।

फेरी आँखाहरुले बाटो पच्छ्याउँछ सन्देशको प्रतिक्षामा । उ नआइ घर जान मन लाग्दैन समितालाई । “आज बाबा र आमा काशीगया घुम्न गएको पनि एक महिना भैसक्यो । घरको मुली नहुँदा त कस्तो घर नै अँध्यारो । दाजु भाउजू आफ्नो कोठामा पसिहाल्छन्, रमा र सन्देश पनि छिट्टै निदाउँछन् । आमा हँुदा पो अँगेनाको छेउमा बसेर सुख दुखको कुरा गर्दै बत्ति काटेर राती अबेरसम्म बस्न पाइन्थ्यो । मन भरिएर उकुसमुकुस हुँदा पनि ओकल्ने ठाउँ नपाउँदा जीवन कति बोझिलो लाग्दौ रैछ । ” खुइय ! लामो सुस्केरा तान्छे समिता । एकपटक फेरी मन भरिएर आउँछ ।

“जिन्दगीले यसरी धोका दियो कि कर्म आफ्नै हो बुझ्नै सकिन

समय यसरी बद्ली दियो कि भाग्य आफ्नै हो सोच्नै सकिनँ”

साँच्चै जीवनले मानिसलाई धोका दिन्छ कि उसको भाग्यको परिणाम मानिस दुख भोग्न बिवश छ यो कुरा कसैले पनि बुझ्न सक्दैनन् । भाग्य त सायद बद्लिदैन, बद्लिन्छ त केवल समय, समयले नै मानिसलाई कहाँबाट कहाँ पु¥याउँछ । पल्लो घरको मटनमा झुण्डाएको रेडियोले बिरही गीत अलाप्यो । यो गीत पहिलो पटक बजेको पक्कै होइन । तर किन आज त्यही गीतका शब्दले मन चिमोटि रहेछ, मुटु घोचिरहेछ । सायद समय अनि बुझाई फरक भएर होला । ती गीतका शब्दहरु तिखा बाण बनेर समिताको मुटु घोच्न थाले । बिगतमा भोगेका ती जिन्दगीका पलहरु आज शीत बनेर आफ्नै हत्केलाबाट खसेको छ । उ टोलाउँछे एकपटक अतीत नियाल्न, हेर्दा हेर्दै उसको मष्तिष्कमा अतितको पाना हावाले कितावको गाता पल्टाए झैं पल्टिन्छ । ती सोचाइका धारा प्रभावहरु कुनै कितावको अक्षर थिएन, जुन झोलामा बन्द गरेर राख्न सकियोस् । फुल त ओइलिसक्यो अव त्उसले नयाँ जीवन पाउत्र, फुलको त्यतिखेर महत्व हुन्छ जतिखेर भमँरा र माहुरीका तिखा खिलले चिलेको सामना उसले गर्न नभ्याओस् । त्यस्तै फुल चढ्छ मन्दिरमा, त्यही फुल सजिन्छ फुलदानिमा र केशमा । कसैले एक पटक टिपेर आफ्नो स्वार्थको लागि प्रयोग गरेर नालिमा मिल्काएको फुल टिप्ने ब्यक्ति त भेटिन्छ नै तर पहिलो व्यक्तिले जस्तो अनुसाशित ब्यवहार भने पक्का पर्दैन । गर्नु पनि किन, रस चुसेको फुललाई भमराले त लत्याउँछ मानिस के भमरा भन्दा कम विवेकी हो र ?

कुनै दिन थियो, समिता पनि एउटा सम्पन्न परिवारकी चुलबुले, चञ्चले, मायालु र प्यारी छोरी बनेकी थिइ । त्यो बाल्यकाल जिन्दगीको सुनौलो पल, अति रमणइी र सुनौलो लाग्थ्यो उसका लागि । एक इसारामा पुरा हुन्थे हरेक माग । दुइ दाजुकी पुल्पुलिएकी बहिनी छुन सक्दैन थिए, छर छिमेकिलेसम्म । चर्को बचनले मात्र पनि त्रिसुली बन्थे समिताका नयन । धेरै मायाले उमाल्दापनि सम्हाल्न नसक्ने गरी पोखिदो रहेछ जीवन । मायामा अनुसाशनको कडि खुकुलो बन्दा फुस्कीँदो रहेछ । अव्यवहारिकताहरु । समिताका यात्राहरुमा पनि राम्रो मार्ग निर्देश नभैदिंदा बरालिए रथका पाङ्ग्रा । घरमा पढ्नु पर्छ खेल्नुको अलावा भनेर चर्को वचन समेत गर्ने मान्छे थिएन उसलाई । बाबा आमाको एउटी छोरी मन दुखाउलि उसै डराउँथे, दाजुहरुकी पनि आँखाको तारा अध्यारो मुहार लगाउँदा मात्र पनि सातो जान्थ्यो भने गाली गर्ने कुरै भएन । शिक्षकले गृहकार्य नगरेको सजाए कुखरा बनाइदिंदा छुटे उसका बिद्यार्थि जीवन, कितावको भारी बोकेर स्कुलको संघार उक्लनु भन्दा भेंडा र बाख्रा कुदाउँदै सल्लेरी बन जान रमाइलो लाग्थ्यो समितालाई । सल्लाको र सालको रुखमा चढेर अमिलीको पात बजाउँदै दिन कटाउँदाको मज्जा, स्कुलमा पाठ घोक्नु र गुरुको गाली खानुभन्दा मनमोहक थिए, समिताको लागि ।

कहिले पात बजाएर त कहिले चिप्लेटि खेलेर साथमा बनको काफल र ऐसेलु खाएर गुज्रिन्थे सारा समिताका दिनहरु । उमेरले पन्ध्र बसन्त पार गरेको पत्तै भएन । आँगनमा बसेर साथीसंगीसँग चुङ्गी खेल्दा घागरको फेर फर्लक्क फर्लक्क पल्टदा बाटामा मोटर कुदाउने ड्राइभरहरु प्वाँ……प्वाँ……हर्न बजाउँदै आँखा झिमिक्क झिम्काउन थाले । अव भने समिताको मनमा कताकता लाज पलाउन थाल्छ । “छिल्लीएका छाडा मोराहरु अर्काकी छोरीलाई आँखा झिम्काउँछन् आफ्नै बहिनीलाई झिम्काउनु नी बरु ।” धारे हात लगाउँदै चोसो पसारेर सराप्थी ऊ । उमेरले अलिकति खुड्किला चढेपछि भेडा र बाख्रा चराउनु बाहेक अरु कामको बोझ पनि थपिन्छन् समिताको काँधमा । बिहान बिहानै दाजु र भाउजूसँग सिमी, गोलभेडा र काक्रो टिप्न खेतमा जान्थी । तरकारीको भारी बोकेर सकि नसकि नाक ठोक्किने उकालो उक्लनु पर्दा बिद्यालय छाडेकोमा कताकता पश्चताप खड्किन्थ्यो । तर के गर्नु बगेको खोला र बितेको समय कहाँ फर्कन्छ र ? समयले समितालाई नराम्रोसँग लात मारिसकेको थियो । बेस्मात पछारि सकेको थियो । बेलामा बुद्धि नआएपछि अहिले पछुताए र पनि काम थिएन । काँचको चुरा जस्तो ऊ चक्नाचुर भइसकेको थिई । गोठालो जाँदा बाटामा भेटिने ड्राइभरहरुसँग उसका आँखा लुकामारी खेल्थे । जवानी हो जसलार्ई पनि एकपटक आउँछ । जुन आवस्थामा “फुलको आँखामा फुलै संसार भने झंै फुल हे¥यो फुलै राम्रो जुन हे¥यो त्यहि राम्रो ।” त्यो समिताको दोष नभएर उसको जवानीको परिणम थियो । आजपनि त्यही अनुहार भोलि पनि त्यही अनुहारसँग मितेरी गाँस्दा मनले एउटा ड्राइभरलार्ई पच्छ्याउन थालेको हुन्छ समिताको मनले । सोह्र वर्षे त्यो उमेर जवानीका परिवर्तन आएर अतालिएको मनमा कसैको न्यानो अँगालो खोज्नु अस्वभाविक पनि त होइन । समिताको गाउँमा तरकारी लिन आउने दश–बा¥हजना ड्राइभरको माझमा सोहनपनि एक हो । राम्रो छ बलिया, पुष्ट पाखुरा खाइलाग्दो शारिरीक बनावट अरुको तुलनामा सोहन बढि राम्रो लाग्छ समितालाई । सोहन पल्लो गाउँको चञ्चले युवक हो । अरु भन्दा मीठो बोल्छ । थाहै नपाई समिताको मन सोहनले सटुक्कै चोरी सकेको हुन्छ । उसको विवाहको कुरा शहरका निकै धनि ब्यक्तिसँग नचलेको पनि होइन तर समिता कुन्नी किन सोहनप्रति नै आकर्षित छे यो कुरा उसैले जानोस् ।

भाग दुई

राजधानिको छिमेकी जिल्ला बत्तिमुनिको अध्यारो स्थान जुन आफैमा अविकसित ठाउँ हो, नागबेलि डाँडाले सजिसजाउ हरियालीले ढाकेको प्रकृतिकी सुन्दर रानीले अंँगालेको ठाउँ आफैमा एक रमणिय स्थल थियो । मध्यम वर्गको परिवारमा साइलो सुपुत्रको रुपमा जन्मिएको सोहन बाबु आमाले साेंचे जस्तो स्वभावको पक्का थिएन । बाल्यकालदेखि नै चुलबुले चञ्चले केही हठ स्वभावको सोहन त्यहि प्राकृतिक सुुन्दरताले छपक्क छोपेको गाउँसँग लुकामारी खेल्दै हुर्कियो । बाल्य अवस्थामा पनि साह्रै भांैजा सोहन बाबु आमा कसैलार्ई टेर्दैन थियो । एकदिन सोहनको बुबा पिताम्बर र आमा शान्ति मकै गोड्न जाँदा उसलार्ई पनि सगै लिएर जानु भयो । गर्न हुदैन भनेको काम नगरी नहुने र गर भनेको काम नगर्ने अनौठो बालसुलभ बोकेको सोहन बाबा आमाले मकै गोड्दा उसले मकैको बिरुवा उखलेर भ्याइसकेको हुन्थ्यो । छोराको बानिबाट हैरान भएर बुबाले भन्नु भो–“बाबु छोरा यो मकैको बिरुवा जति उखलेपनि उखल तर त्यो कान्लाको सिरुलाई भने एउटा पनि नउखल है ।” सोहनलाई त्यति मात्र भने पुग्थ्यो । अव उ धमाधम कान्लाको शिरु सकि नसकि उखल्न थाल्यो । पिताम्बरको जुक्ति देखेर शान्ति मुसुक्क हाँसीन् र दुवै जना मकै गोड्न थाल्थे । यसरी सोहनले कैंयौ पटक बाबा आमालाई र दाजुलार्ई दुःख दिन्थ्यो, सताउथ्यो । त्यति मात्रै कहाँ हो र ? गाउँका आफू सरहका दमलिलाई पनि पिटेर हैरान खेलाउथ्यो भने छरछिमेकीको कुडारमा फलेको फलफुल फुल लाग्न पाउन्न थियो, ढुङ्गाले हानेर सोहनले झारी दिन्थ्यो । कहिले काँहि सोहनको विषयलाई लिएर छिमेकी पिताम्बर र शान्तिसँग झगडा गर्न आउँथे । “कस्तो कुजात छोराले जन्म लिएछ यसरी सताउँछ भन्ने थाहा भएको भए सायद गर्भ नैं तुहाउँथे होला ।” बेलाबखत सोहनकी आमा यसरी नै भुतभुताउँथिन् । केहि छिन अगाडि मात्र नुहाइ दिएको छोरा एकछिन पछि घरपछाडिको भैसी आहाल बसाउने पोखरीमा पौडि खेलेर फोहोर र मैलो बनेर आउँथ्यो । के गर्नु भनेको मान्ने भए पो र ?

कुनै दिन शान्ति आफ्नो छोरालाई मरिहाल भनेर गाली समेत गर्थिन् तर भन्न र गर्नमा कति आकास जमिनको फरक हुन्छ । सन्तान सपुत बनुन् या कपुत एउटी आमालाई गर्भको पंीडा, प्रसुव बेदना त बराबरी नै हुन्छ । कुनै बाबुहरुले छोराको चाहनामा छोरी जन्मदा कति सजिलै अस्वीकार गर्छन् तर एउटी आमाले छोरी भई भन्दैमा आफ्नो काखबाट हटाएर टाढा सिस्नुको घारीमा मिल्काउन पनि त सक्दिन । आफ्नै शरिरमा बिजारोपण भएर हुर्किएको, आकास र पाताल जोडिए जस्तो असह्रै बेदना सहेर जन्माएको सन्तान कोखिको घाऊ, मुटुको टुक्रा माया त लागि हाल्छ । शान्ता चाहन्छिन् छोरा असल बनोस्, राम्रो बाटोमा लागोस् समाजको अरु छोराहरुले भन्दा पृथक काम गरोस् तर दुखको कुरा सोहन स्कुल जान सम्म पनि मान्दैन थियो । बिहान भात खुवाएर स्कुल पठाएको छोरो दिनभरी खोलामा पौडिखेलेर साँझ घरमा भित्रँदा पिताम्बर देबे्र हात उचालेर पिट्न जान्थे । “साँझमा केटाकेटिलाई के लम्की र झम्की गरेर सताउँदै हुनुहुन्छ । सातो जाला र बिरामी पर्ला । बिरामी परे हामीलाई नै पिर त हो नि । हनहनी ज्वरो आयो भने उनिहरु सुतिदिन्छन् डक्टरकहाँ लैजाऊ, धामी झाँक्रि कहाँ लैजाऊ । मलाई नै चटारो, छोराको बानि जानि सकेपछि त सहिदिए भै हाल्छ ।” शान्ताको आवाज पचाउन नसक्दा दारा बजाउँदै बर्बराउँदै पिताम्बर–“उकास उकास छोरालाई टाउकामा पु¥या, उसै त भनेको पटक्कै टेरदैन झन मायाको अँगालो फिजाएर चोर, डाँका, गुण्डा र लफङ्गो बना । मलार्ई केही मतलव छैन ।” पिताम्बरको वचन भाला रोपिए झैं शान्तीको मुटुमा रोपिन्छ । तर के गर्नु पिलपिलाउँदो मुहार रसिला आँखा बनाएर आफ्नो फरियामा शरणमाग्न घुस्रन आएको छोरालाई पिटाई खुवाउनु पनि त भएन । आमाको मन त्यहाँमाथि आमा एउटी नारी न परिन् जस्तो सुकै कठोर परिबेसमा पनि नारीको मन नौनी भएर पग्लिहाल्छ । यसै भएर नारी उपनाम दिएको होला दया कि प्रतिमुर्ती ।

दुइ दाजुहरु हरि र मोहन खुव सिधा हुन्छन् बिहान सबेरै उठेर आमालाई काम सघाउने, स्कुल बाट दिएको गृह कार्य गर्ने, खाना खाएपछि स्कुल जाने तर सोहन भने धुन्दुकारी नै भएर निस्कियो । उस्तै परे दाजुहरुको किताव पनि काट्न बाँकी राख्दैन थियो । निदाइरहेको भाइलाई चिमोटेर रुवाइदिनु, बाबाको खल्तीबाट पैसा चोरेर खोपी खेल्नु, भाइलाई राखेको दुध चोरेर खानु यस्तै यस्तै उभद्रो गथ्र्यो सोहन । उभद्रोको पनि सीमा हुन्छ तर सोहन सीमा नै नाघिदिथ्यो । कुनै दिन चकमन्न भएमा छिमेकीको घरमा पसेर ठेकिको दहि समेत चोरेर खाइदिन्थ्यो । उसको उत्सीङ्गखल कामले हैरान भएका छिमेकीहरु कालेकृष्ण भनेर गाली गर्थे सोहनलाई । महिनामा मुस्किलले ५ दिन हाजिर हुन्थ्यो उ स्कुलमा । शिक्षक पनि सोहनको ब्यवहारबाट हैरानी त थिए तर के गर्नु दुइखुट्टे प्राणीलाई बाँधेर राख्नु पनि त सम्भव थिएन । एक दिनको कुरा हो सोहन र उसका त्यस्तै एकदुइ जना साथी मिलेर छिमेकीको कुखुराको भाले चोरेछन्  । गाउँ भन्दा तल फलाटे भन्ने चौरमा घायराको झिगल्टा बटुलेर आगोबालि उक्त भाले पोलेर खाएछन् । बीचरा छिमेकीहरु पहिला त स्यालले लग्यो भनेर चित्त बुझाएका थिए तर पछि गाउँबेरी गर्ने कुुुखुराको भालेको भुत्ला देखेपछि दुइखुट्टे स्यालले चोरेको प्रमाण जुटाएका थिए तर सोहनले नै चोरेको भन्ने ठोकुवा भने गर्न सकेनन् । शंखा लागेर मात्र के गर्नु चोरीको केश बिना प्रमाण कसैमाथि आरोप पनि त लगाउन भएन । शङ्काले लंका कहाँ जल्छ र ? सधै सोहनले घरपरिवार र छिमेकिलाई दुख दिएर नै बाल्यकाल पार ग¥यो । अव त उ पन्ध्र बसन्त पार गरेर सोह्र वसन्तको खुडकिलो चढदै थियो  बाल्यकालको जस्तो सधै खेलेर खान पाइने कुरै भएन । खेत खन्न गयो चपरी पल्टाउन जान्दैन थियो, धानकाट्न जाँदा एउटा गड्यौला देखेर धानबारी सिङ्गै उफ्रदै चाहाथ्र्यो । बिटा लगाउन जाँदा धान बोक्न पर्दा बाह्र ठाउँमा बीसाउँदै ल्याएर धान आधाजति झरीसकेको हुन्थ्यो । कहिले काहि त धानको बोरा रै पल्टाइदिन्थ्यो । राम्रो काम गरे पो सबैले मन पराउने खेताला भन्न आउँदा छिमेकीहरु सोहनलाई हैन हरि र मोहनलाई नै पठाइदिनु भन्थे । यी वचन वाण बनेर सोहनको छातिमा रोपिन्थ्यो । दाजुहरु सबैको हाइहाइ तर आफू अरुको नजरमा तीरस्कृत, आफ्नो जीवन उ आफैलार्ई बोझ लाग्दै आउन थाल्यो । यो समाज, यो मानिसको माहौलबाट छुट्टै टाढा कतै जाउँ जहाँका मानिसले उसलार्ई तीरस्कार, घृणा होइन सदभाव  र माया गरुन् सोचाइका तन्द्राहरुले धेरै बेथ्र्यो, उसलार्ई । आफ्नो आचरणले भित्र भित्रै सताउँथ्यो । आफ्नो जिवनदेखि आफैलार्ई घृणा उत्पन्न भएको थियो सोहनलाई । बाबा आमादेखि छिमेकीको मन जित्न नसकेकोमा ग्लानि पश्चाताप थियो । अव यो गाउँमा नबस्ने कुनै टाढा गएर नयाँ सिप नयाँ काम गर्ने योजना बनाउन थाल्छ उ, नभन्दै उसको मनले त्यही नै उचित ठहराएर एकदिन मिरमिरे उज्यालोमा कुखुराको भाले नवास्दै सुटुक्क घरबाट निस्कन्छ कसैले थाहा नपाउने गरी एउटा कट्टु र गन्जीको साथमा ।मान्छे ठम्याउने उज्यालो हुँदा बेसीबजार झरी सकेको थियो सोहन । बिहान देखिको लामो यात्रा, चिसो सिरेटोको सेकाई केही भोकको पिंडाले ब्यग्र भएर होला ओठमा कलेटि परेको प्रस्ट देख्न सकिन्थ्यो । बेसीबजारमा कसैले नदेखोस् भन्दा भन्दै छिमेकी काकाले देखेर झस्कियो सोहन । “कता हो सोहन एका बिहानै बजार झरिछस् त के हो ? के लिन आइस् चाइन्जो कुरामा ।” सोहनको शब्दहरु गलामा नै अड्कियो अव केही बहाना त बनाउनै प¥यो नत्र फेरी फसाद पर्छ ।

“अँ काका खेतमा धानको बिउ छर्ने बेला भयो मल रैनछ बुबाले मल लिन पठाउनु भो त्यसैले आएको ।”

“ल ठिकै भो त चाइन्जो कुरामा जा मल किनेर आइज सँगै उकालो उक्लँम्ला ।”

फेरी सोहनलाई पर्नु पिर प¥यो । अव के भन्ने जुक्ति त लगाउनै प¥यो ।

“हैन काका मेरो कपाल पनि काट्नु छ केही समय लाग्ला हजुर जाँदै गर्नुस् ।”

“लौ चाइन्जो कुरामा काका भतिज सगै जाम्ला भनेको , म गएँ तँ आउँदै गरेस् ”

यति भन्दै काका उकालो लाग्छन् सोहन भने बल्ल लामो श्वास तान्छ । “अव बाँचिने भैयो ,हैन यी बुढा बेकार किन देखा परेका होलान् । ”त्यतिकैमा भैरहवा काठमाडौं लेखिएको बस आउँछ । यो बस पनि उम्काएँ भने अर्को गाउँले भेटिएर मलार्ई आपद पर्छ । अलि उकालो पारेर गुडिरहेको बसका झुण्डेर हुटमा चढ्छ । हावा सरर खाँदै नयाँ योजना, नयाँ सोच र नयाँ कामको खोजिमा काठमाडौ शहर भित्रियो सोहन ।

भाग तिन

“ल ल कलङ्की आयो, यहाँ उत्रने जति छिटो झर्नुस् नत्र बस एकै पटक बसपार्क गएर रोकिन्छ ।” खलासी चिच्याएको आवाजले सोहनको निन्द्रा दुर भाग्छ म कहाँ छु उसलार्ई त्यस्तै भान पर्छ राती मनमा अनेक तरहका कुरा वयली खेल्दा निद पटक्कै परेन । बिहानीको कलिलो घामको स्पर्स बाल्यकालमा झोलुङ्गामा मच्चीएको क्षण सम्झाउने बसको यात्रामा उ भुसुक्कै निदाउन पो पुगेछ ।  बसको हुटबाट तल झ¥यो, खलासी अरु यात्रुको सामान झारी दिनमै ब्यस्त हुन्छ । “ला उसले देख्यो भने भाडा माग्छ तर मसँग एक पैसा पनि छैन । त्यसैले ठोक सोहन कुलेलाम ।” मनमा यस्तै सोच राखेर सोहन मानिसको भिडमा लुपुक्क भित्र हराउँछ । अव कहाँ जाने, त्यस बखत आपद नै परेको थियो उसलार्ई । शहर त अगाडिका दिनहरुमा पनि आएको थियो तर त्यति खेर तरकारी बेच्न आइन्थ्यो । साथमा मोटो रकम हुन्थ्यो।

साथिभाइहरुको कुकुरको पुच्छर बाङ्गो देख्दा पनि हाँस्ने बानि हलल हाँस्यो । मिठाइ पसलमा पसेर टन्न मिठाइ खायो सोहनलाई अझै सम्झना छ । पारीघरे अर्जुनले एक पटक पसलमा भएको मिठाइ सबै खाएर बाजी जितेको थियो । “हैन मोराको कत्रो घ्याम्पो जत्रो पेट जति खाएपनि नभरीने ।” त्यो बेलाको कुरा ब्यग्लै थियो यति ठूलोे शहर, मान्छेको चापाचाप भिड चिनेको कसैलार्ई होइन । अब कहाँ जाने, कोसँग काम माग्ने ? के काम माग्ने, हिजो खाएको भातको गुदिले काम गर्न छाडेर चौपट परेको छ । धेरै होटलहरुको ढोका ढक्ढकायो सोहनले तर कसैले काम दिएनन् ।

उसलार्ई कालिमाटी चोकमा काँधमा नाम्लो र हातमा थोत्रो बोरा बोकेर यताउता गरेका मान्छे देख्दा खुव टिठ लाग्यो । हुन सक्छ उनिहरु पनि सोहनकै बिवस्थाबाट उम्कन यसो गरेका होलान् आखिर पापी पेटले विवस्था पनि त बुझ्दैन । जागीर भन्ने चिज मान्छे हुनेलार्ई कोटको बगलीमा राखेको चक्लेट हुने जुन चाहेको बेला सुटुक्क झिकेर खान पाइयोस् तर चिन जानका आफ्नो मान्छे नहुनेको लागि आकासको जुन झै भै दिने, जुन टिपौला भनेर नियालेर हेरेको हे¥यै ग¥यो युग विति दिन्छ । कस्तो अचम्मको विषय होला जागीर । ती भरियाहरु सायद उनीहरुको पनि पेटमा आगो बलेर नै निभाउने बहानामा काम खोज्दै भौतारी रहेका होलान् । पेटले खान नमागीदियोस् शरिरले लाउन नमागिदियोस्, मनले आकास छुने सपना नदेखिदियोस् साँच्चै जीवन कति फुल बन्थ्यो होला । कल्पना गर्दा पनि कति मीठो । कालिमोटी चोकमा उ एकैछिन टल्ल परेर उभियो । नजिकै एउटा मारुती भेन आएर रोकिन्छ, लुगा र गहनाले सजिसजाउ एक युवति त्यहाँबाट झरिन् सोहन एक टकले हेरिरहन्छ त्यो दृष्य जुन उसको लागि कौतुहलको विषय पनि बनेको छ । महिला अगाडि कालिमाटि तरकारी बजार तर्फ लाग्छिन् । पाँच दश मिनेटपछि एउटा भरियालाई ठूलोे भारी बोकाएर गद्दीबाट निस्किन्छिन् उनी, दुवै कारको नजिक आउँछन् त्यो भारी कारमा राखेको भए पनि हुन्थ्यो सायद तर ती महिला हात हल्लाउँदै आफ्नो वासस्थानको लोकेसन बताउँदै छिन् । जीउले भारीको बोझ थाम्न नसकेर थर्थराएका छन् भरियाका पैतला, चाउरी परिसकेको छाला पनि रातो देखिन्छ । हुन सक्छ भारिको बोझ थाम्न उनको शरिरलार्ई अलि बढि नै परिश्रम गर्नु परेको होस् । टेडो मुन्टो लगाएर टाउको हल्लाउँछ । महिलाले दिएको इसारा बुझेको संकेत होला त्यो ।

महिलाले देखाएको दिसा तर्फ लम्कन्छन् भरियाका पाऊ । महिला भने मारुतिमा बसेर सरर हावा खाँदै अगाडि बढ्छिन् । त्यो पल सोहनलाई चलचित्र बलिदानको एउटा गीतको याद आउँछ ।“कोही त भने मोटरमा सरर सरर कोहीको भने चमेली पसिना तरर ”शहरको जस्तो गाउँमा पटक्कै हुदैन । कति दया माया नभएको मानव रुपि भुत बसेको हुँदो रहेछ यो शहर त । दिनभरमा धेरै ठाउँ भौतारीन्छ सोहन, भोक र प्यासले आकुल ब्याकुल बनाउँछ उसलार्ई । तर त्यहाँ उसकी आमा थिइनन्, कि छोरालाई भोक लाग्यो भनेर मकै भुटिदिउन् , रोटि पकाइदिउन् । तर दुर्भाग्य त्यो सोहनको ठाउँ थिएन । “ए त भोकाइस् होला ला यति रोटि, मकै खा”भनेर दया गर्ने गाउँलाई छोडेर आइसकेको सोहन अव त निस्ठुरी मतलबि शहरको काखमा न थियो । सहर साँच्चै शहरमुखी हुँदो रहेछ ।  मानवता हराएको कठोर शहर, स्नेहको अभाव होस् भनि सतिले थुकेको शहर । तै पनि यति बिघ्न मानिस शहरमा नै किन ओइरिन्छन् होला ? सोहनको मनमा एउटा जटिल प्रश्नले ठाउँ ओगट्यो । त्यसो त उ किन शहर आयो । हुन सक्छ उसकै झै बिवस्था अंगालेर शहर भित्रनेको भिड होला यहाँ । सोहन चिसिएको मन बोकेर सडकमा भौतारि रहेको छ । जति पाइला अगाडि बढाउँदै जान्छ उति नै मन कटक्क खाने दृष्य देख्दा छाती फुट्ला झै भएर आउँछ । सडकको पेटिलाई नै आफ्नौ ताज महल र चिसो पिच गरेको सडकलाई मखमलि बिच्छयौना सम्झेर मस्त सुतीरहेका छन्  कोही । कठै मान्छेको त्यो कोलाहाल, सवारी साधनको दोहोरो चाप, चिसो सडक कति मस्त निन्द्रा लागेको होला उसलार्ई । त्यो दृष्यले सोहन झनै बिचलित बन्छ । शहरको सुन्दर परिबेसमा लुकेको बिरुप मुहारसँग सोहन परिचीत बन्दै जान्छ । पानीको प्यासले निकै ब्यग्र भएपछि पानीमाग्न एउटा होटलमा लम्कन्छन् सोहनका पाउँहरु । “खाने बेला केही पनि नखाने पानी मात्र कहाँ खान पाइन्छ भाग यहाँबाट” कल्पना नगरेको ब्यवहार देखाउँछे होटल्नीले । उसले भनेको शब्द मुटुमा बाण झै रोपिन्छ, मान्छे रुपि ती पसुहरुलाई के थाहा उसले किन अरु खाना खाएन ।

एकै छिनमा आकासलार्ई कालो बादलले छोप्छ । मानिस सडकमा खुब हतारिन थाल्छन् । आफ्नो गन्तब्यमा पुग्न, स–साना केटाकेटि र बुढाबुढि त चेपिएर नै मर्लान जस्तो भिड हुन्छ सडकमा । पानीको थोपा पनि अति ठूला ठूला बर्षन्छ आकासबाट, मोटरहरु गन्तब्यमा पुग्न जोडतोडले हरन बजाउँदै कुद्दै थिए तर सोहनलाई कहि जानु थिएन त्यसैले पनि हात्ति लस्किए झै लस्याक लस्याक घरी यता घरी उता गर्छ । ठूलोे आवाजमा मेघ गर्जदै बिजुलि चम्कन्छ साथमा असीना र पानी खुब ओइरीन थाल्छ । सडकमा घट्टो चलाउन मिल्ने गाड कुद्दा मानिसको चाप बिल्कुल पातलो हुदै थियो । कहाँ गए त्यत्रो मानिस, सोहन छक्क पर्छ सास छउन्जेल आस माहुरीले त आफ्नो प्राण बचाउने होड बाजीमा मृत्यु बरण गर्न पछि पर्दैन । प्राण रक्षाकै लागि सडकका भुसीया कुकुरहरु त घरको पेटिको ओत लाग्न थाले । सोहन पनि नजिकैको चिया पसलमा ओत लाग्न पस्छ । तर बिडम्बना, टेवलमुनि लुकेका कुकुरहरु सुरक्षित रहन सके पनि सोहन कुकुर भन्दा पनि तल्लो दर्जाको ठहरिदै पसलबाट गाली र गलौजको साथ बाहिरीन बिवस हुन्छ ।“ ए कहाँ घुस्रेको ? यसरी भित्र भित्र पस्न तेरो बाबुको घर हो र यो । यहाँ त चिया पिउने ग्राहकलाई त बस्ने ठाउँ नपुगी रहेको बेला जा जा यहाँबाट निस्कीहाल ।” सोहनले त्यहाँ पनि ओत लाग्न पाउन्न।

मुसलधारे पानी साँझको बेला, बिरालो झै चुटिदै उक्त चिया पसलबाट पनि लखेटिन्छ सोहन । कति निर्दयी होलान् यहाँको मान्छे । मनमनै बिचार गर्छ ऊ । जीवन संघर्षको अर्र्को रुप हो कि पर्छ घोडालाई कि पर्छ छोरालाई भन्थे बुढापाकाहरु सायद ठिकै भनेछन्  क्यारे । मेरो जीवन अव पो सुरु भयो आज सम्म त बुबा र आमाले बनाइदिएको गोरेटोमा पो म जीवनको रथ तोफानले दौडाइरहेको रैछु । धत्तेरी आफूले आफू हिड्ने गोरेटो कोर्न कति गाह्रो एउटा आमाले सन्तानको जन्म गराउनु भन्दा पनि बढि । सोहनलाई बाबाले भनेको कुरा याद आयो । “अहिले पो हाम्रो टाउकामा गिदी खेलेर खान पाएको छस् भोली आफूले आफ्नो पेट पाल्न भौतारिनु पर्दा बल्ल बाबुको बिहा देख्लास् समय सधै अनुकुल हुदैन छोरा, कुनै दिन तेरो जीवनले तँ आफैलार्ई अग्निपरिक्षामा उभ्याउँने छ बुझिस्  । ” साच्चै गरि खान त सजिलो नहुने रैछ । बाबा र आमाका यस्तै वाक्यहरुले आज सोहनको मुटु बालुवाले झै खुब बिझाउदै छ । आँसा उसै भरिएर आउँछन् । “आमाले भन्नु भएको सही रहेछ जीवनको मोडमा यस्ता अग्नी परिक्षा त सायद पाइलै पिच्छे आउँछन् होला, के म यि सबैसँग भागेर कायर बन्दै आत्म हत्या गरु । अ हँ हुदैन ।”

गलिसकेको सोहनको शरीरमा नव जोस जाँगर र उर्जा थपिन्छ, पानीमा चुटिदै उ कालिमाटिबाट पुन फेरी कलङ्ककी तर्फ मोडिन्छ । अघि पछिका दिनहरुमा पानीमा रुझ्न पर्दा साँच्चै नभए पनि ख्याल ख्यालको ज्वरो आउँथ्यो । तर बिवसतामा परेपछि ज्वरो सब भाग्दो रहेछ । साँझले दिनलाई घुम्टो ओढाएर आफ्नो गर्भमा भित्राएको संकेत खम्बामा बलेका बिजुली बत्तिहरुले दिन्छ । सडकमा सवारी साधन कम हुदै थियो । सन्ध्यामा चरिहरु त गुँडमा फर्कन हतारिन्छ भने मानिस त आफ्नो स्थानमा पूग्न आतुर नहुने कुरै थिएन । छाता ओढेर रेनकोट लगाएका पातलो मान्छेको आवागमन देखिन्छ सडकको पेटिहरुमा । पानीमा भिज्दा लगलग काम्दै हिडेको सोहनलाई देख्दा सबै छक्क परेर एक नजर फ्याक्थे र आफ्नो बाटो लाग्थे । सोच्दा हुन गन्जी र कट्टु लगाएर पानीमा भिजेर किन हिडेको छ यो युवक ?

यति नै त फरक छ गाउँ र शहरमा, गाउँमा साँझको बेला पानीमा भिजेर लगलग काम्दै कोही हिडेमा घरमा बोलाएर बडो आदर पूर्र्वक कपडा फेर्न दिन्छन् र तातो दुध वा चिया साथमा खाजा पनि खुवाइन्छ तर यहाँ घरको पेटिमा ओत लाग्दा पनि नानाथरी गाली गर्दै धपाउँछन् कस्तो मानवता नभएको शहर हो, यो । निथु्रक्क भिजेको कट्टु र गन्जि गोडामा हात्ति छाप चप्पल पट्याक्क पट्याक पड्काउँदै सोहन कलङ्कीको चोकमा आइपुग्छ । दिनभरीको भोक, प्यास, थकाइ जाडो सबैले चिर्थोदा छियाछिया हुन थालेको छ सोहन । घरको संझनाले मन अमिलो बन्छ । दाजुभाइले  त म हराएकोमा खासै चित्त दुखाएनन् होला, बुबा पनि सधै काम गर भनेर हकार्नु हुन्थ्यो तर आमाको मन मैले जति नै सताए पनि मलाई नखुवाइ खाना खानु हुन्न थियो । अहिले पनि फलंैचामा बसेर चुरोटको धुवाँँसँग मनमा नानाथरी कुरा खेलाउँदै मलाई नै पर्खिरहनु भएको होला छोरा आउँछ भनेर । अँध्यारो गाढा बन्दै जाँदा बाटामा हिडेको आकृती आफ्नो बिरानो ठम्याउन नसक्ने हुँदा मेरी आमाको छातिमा ज्वाला दन्केर कति पोलिरहेको होला । यो आकासबाट वर्षिएको पानीले मलार्ई रुवाए झैं मेरी आमाको आँखाबाट झरेका आसुले गुन्यौ भिजायो कि ? पहराबाट पानीको मुल फुटेसरी आँखाबाट आँसुको पहरा फुट्यो कि ? मयत्रोको छेउले आँसु पुछेर लामो सुस्केरा हाल्दै होलिन् । सोहनको मन त्यसै त्यसै भाव बिहोल भएर आउँछ । निधारबाट खसेको पानीको थोपामा आँखाको आँसु पनि मिसिएर बग्न थाल्छ । कहिले आमाको संझनाले सोहन पानी भएर पग्लन्छ भने कहिले म छोरा मान्छे हँु घर छोडेपछि जति दुःख कष्ट भएपनि आफ्नो खुट्टामा उभिन सक्ने भएर मात्र घर फर्कनु पर्छ भन्ने सोचाइले चट्टान बन्छ । –“भाइ ! कसलाई खोज्नु भयो पानीमा भिजिरहनु भएको छ कहाँबाट आउनु भयो ? कहाँ जान लाग्नु भएको हो ?” एउटा अपरिचित मान्छेको आवाजले सोहन झसङ्ग हुन्छ । “खै दाजु म आफैलार्ई पनि थाहा छैन जीवनका मोडहरुमा कहिले काहि गन्तब्य बिनाको यात्रा पनि गर्नु पर्दोरहेछ । सायद यहि नै जीवन भोगाइको उपलब्धी होला ।“रात त पर्न लागि सक्यो अव त कतै जान गाडि पनि त्यति पाइदैन कहाँ बस्नु हुन्छ । भाइको आफन्त पनि यतै कतै छैनन् कि कसो ?”“यो सिङ्गो पृथ्वि नै हाम्रो घर त हो नि दाजु यतै कतै बसेर रात कटाउनु पर्ला, संसारमा को आफ्नो को विरानो हुन्छन् र ? सबै मानिसको नाता र रगतकै परिचय त हो जस्तौ लाग्छ मलार्ई ।” “त्यस्तो कुरा नगर भाइ, यो पानी थामिने संकेत छैन कतिखेर देखि भिजेका हौ रातभर पनि भिज्यौ भने त भोली बिहान सम्ममा ढाडिएर नै मर्छौ । चौरासी जुनि पार गरेर एक पटक मात्र मानव चोला पाइन्छ भन्छन् । यति महत्वपुर्ण चोलालाई बेवास्ता गर्न हुर्दैन बाबु हामीले, हिँड आज मेरोे कोठामा गएर बसौ भोली बिहानको सुनोलो दिनसँगै जहाँ जान मन लागछ तिमी त्यहिँ जाउला ।” त्यो अधबैंसे अपरिचित ब्यक्तिले सोहनलाई कोठामा लैजान धेरै प्रयास ग¥यो । लामो ढिपिको कारण इन्कार गर्न सकेन सोहनले र लाग्यो पछाडि पछाडी ।

कलङ्की चोकबाट कालिमाटि आउने बाटैबाटो करिव आधा किलामिटर हिडेपछि दाहिने पट्टिगल्लिमा मोडिन्छन् अधबैसे मान्छेको पाइला , धेरै घरको गल्लिमा छिर्नुपर्दा अड्केला भनेर होला बन्द ग¥यो छाता, दशघर जति अगाडि बढेपछि नब्बेसालको भुइचालोले पनि नभत्केको पुरानो ढुसी ढुसी गनाउने अध्यारो घरमा छि¥यो र छामछाम छुमछुम गरेर ढोका खोल्न थाल्यो । “यो पनि दुख पाएको गाउँले नै होला र त मलार्ई साथ दियो यो शहरका घनाढ्यहरुको मनमा दयामया र सहयोगी भावना कहाँ पाउनु  मान्े गरिव भएपनि मन गरिव पक्कै नहुने कस्तो बिडम्बना, यहाँका मान्छे त अरुको दुखमा रमाउँछन् भन्ने कुरा दिनभरीको अनुभवबाछ थाहा पाएको छु मैले ।”सोचाइमा डुबिरहेको सोहनलाई अधवैसे भित्रबाट बोलाउँछ । ढोकामा चप्पल फुकालेर सोहन पनि कोठा भित्र पस्छ । बत्ति बाल्दा पनि अँध्यारो कोठा, ढोका बाहेक सम्भवत हावा छिर्ने प्वाल छैन होला । एकाछेउ आइलुनको झोलुङ्गे खाट, महिला र थोत्रा ओढ्ने ओच्छयाउने, अर्को पट्टि छेउमा निगालाको ¥याक जसमा दुइचार वटा गीलास, एक दुइवटा थाल पकाउने डिप्चे र कराई बस तिनीहरुको साथमा एउटा पलास्टिकको बाल्टी जग, सोहनले पुरै कोठाको निरिक्षण गर्छ । भित्ताहरुमा पत्रिका लपक्क टाँसिएको छ । पुरानो भित्ता नदेखियोस भनेर होला । भोइमा एउटा अर्दानो गुन्द्रि पनि बिच्छाएको देखिन्छ जुन गाउँबाटै ल्याएको हुनुपर्छ । सोहनले कोठाको अवलोकन गर्दागर्दै अधवैसेले आफ्नो पुराना पाइट र सट फेर्नको लागि दिन्छ । सोहनलाई उक्त कपडा न लगाउन मन छ न अस्वीकार गर्न नै –“लगाउँ भाइ लगाउँ पुरानो भएपनि चिसो छेक्छ र न्यानो हुन्छ ।”यति भनेर अधवैसे इस्टप बाल्न थाल्छ । अधबैसेले दिएको कपडा ओल्टाइ पल्टाइ हे¥यो र घिनाइ घिनाइ भएपनि लगायो सोहनले । उसलार्ई अधबैसेको बारेमा जान्ने तिब्र चाहना लाग्न थाल्यो । मनको चाहनालाई ओठसम्म ल्याएर बाक्यमा ढाल्न खोज्थ्यो फेरी आफ्नै बिगतले चिमोटर शब्द गलामै रोकिन्थ्यो । लामो समयपछि हिम्मत बटुलेरा सोध्छ सोहन ।“दाजु तपाइको घर कहाँ हो ? परिवारमा को को छन् ।् । यहाँ के गर्नु हुन्छ ?” भान्छाको काम गर्दै अधबैसे सोहनको प्रश्नको जवाफ दिन थाल्छ । “मेरो घर दोलखा जिल्लाको अति बिकट गाउँमा छ घरमा श्रीमति दुइछोरी र एक छोरा छन् । जेठी छोरी गाउँकै स्कुलमा दश कक्षामा पढछे । कान्छि छोरी पाँचमा र छोरा दुइमा पढ्छ ।थोरै भएपनि खेतिपाति छ, म कारणबस गाउँबाट शहर भित्रनु प¥यो । हाल ओर्कसपमा मेकानिकलको काम गर्छु अनि बाबु तिमी नी ?” सोहनले पनि आफ्नो वास्तबिकता सबै बतायो । “त्यसो भए तिमी जागिरको खोजमा शहर भित्रेका हैनौ त ? ” “हजुर” ।“तर यो काठमाडौ हो भाइ यहाँ जागिर पाउन कि मन्त्रीको सिफरिस चाहिन्छ कि चिनेको मान्छे हुनुपर्छ ।

म पनि आज भन्खा दुइ वर्ष अगाडि सुराकिको आरोप लागेर ज्यान खतरामा परेपनि शहर भासीएको थिए धेरै खोजे काम, तिमीले जस्तै यो स्वर्थि र मतलबी शहरमा धेरै भौतारिएँ तर काम कतै पाइन यति सम्मकी होटलको जुठो भाडा माझ्न समेत । पछि एकजना दयाबिरको सहायताले मोटर गाडि बनाउने काम सिक्न पाएँ । अहिले आम्दानी रामै्र छ । तिमीलाई यो कोठाको ताल देखेर लाग्ला कस्तो हरिबिजोक तरिकाले बसेको होला, के गर्ने भाइ मेरो संसार यो होइन । मेरो त यो अस्थाइ बसोबास हो त्यसैले दुइप्रहर रात कटाउने उपाए मात्र गरेको छु । कमाइको ७५ प्रतिशत फाइनाइन्समा जम्मा गर्छु भोली देशमा शान्ति छाएपछि घर फर्केर एउटा खेत किन्नु छ एउटा लाहुरी भैसी जोड्नु छ । आमाको दुध छुटेपछि छोराछोरीले सेतो देख्न पाएका छैनन् । एकहल मेलो बारी त छ तर खेत मुखियाकै कमायो आधा उसैको भकारीमा हाल्दीनु पर्छ । जावो आदि धानले तिथी सराद चलाउनै प¥यो चाडबाड आउँछ अरुको आँखामा छारो हाल्न भएपनि मनाउनै प¥यो । अघिपछि भातको सितो देख्न केटाकेटिलाई सधै रहर ।” लामो सुस्केरा तान्छ अधबैसे । “ओ हो दाजु तपाई त ज्यादै चलाख पो हुनुहुँदो रहेछ । के मैले पनि तपाइको काम सिक्न सक्छु ?” “अवस्य तिमी जस्तो उत्साही जाँगरुक लक्का जवानले सिक्न नसक्ने कुरै छैन । ए कुरै कुरामा खाना पाकिसकेछ तिमी पनि भोकाएका हौला ल बस खाना खान ।”अधबैसे एउटा सिलावरको थालमा भात र तातो तातो बाफ आउँदै गरेको गुन्द्ुकको झो राखेर सोहनलाई दिन्छ । हिजो बेलुका देखि पानी समेत नपरेको मुखमा तातो भात र गुन्द्रुकको झोल देखेपछि मुख सरर रसाएर एकै श्वासमा सिध्याइदिउ जस्तो लाग्छ तर तातोको कारण उ बिस्तारै खान बाध्य हुन्छ ।अधबैसेले पकाएको खाना घरमा आमाले पकाएको भन्दा कम थिएन ।

आमाको यादले एकपटक पुन सोहनको आँखा रसाउँछ ।एकछिन कोठामा सन्नाटा छाउँछ न सोहन बोल्छ न त अधबैसे नै बोलाउँछ । आफूले भात खाएको थाल सोहनले बाटामा पखाल्यो अधबैसे त पर्दैन भन्दै थियो तर सोहनको नैतिकताले दिएन ।  खानापछि दुबै जना एक अर्कामा सुखदुःखका गन्थन मन्तन गर्छन । रात छिप्पीदै गएपछि थकाइले दुर्वैलार्ई निन्द्रादेबीको शरणमा हुत्याउन आतुर हुन्छ । झोलुङ्गे खटियामा दुबैजना लुपुक्क पल्टन्छन् र बत्ति बिनाउँछन्  यसरी सोहन अधबैसेसँग बस्न थाल्छ । उसँगै वर्कशपमा गएर मोटर बनाउन सिक्छ । आफलु मेकानिकल काम सिक्न थालेकोमा सोहन मख्ख छ । तीन महिनाको अवधिमा लगभग उसले सबै काम सिकिसक्यो । त्यहाँ मोटर बनाउन आएको गुरुजीलाई दाइ भाइ सम्बोधन गर्दै मीठो बोलीले आकषर्ण गराउथ्यो । त्यसकै उपज साँझ बिहान पारेरआक्कल झुक्कल मोटर चलाउन सिकि माग्थ्यो । मेहनति मिलनसार,आँखामा राख्दा पनि नबिझाउने सोहनलाई गुरुजीहरुले पालैपालो मोटर चलाउन सिकाइदिए । एकदिन साँझको समय, आकास अलि धुम्मिलो थियो । चिनेकै गुरुजी आदर्शलार्ई एकैछिन मोटर चलाउँछु भनि अनुरोध ग¥यो आदर्शलार्ई हात लिन कयौ पटक मोटर बनाएको पैसा समेत लिएको थिएन सोहनले । सोहनको प्रस्ताव अस्वीकार गर्न पनि सकेन कलङ्कीको मेन रोडमा मोटर निकाली दिएपछि मोटरको चाबी आदर्शले सोहनको हातमा थमाइदियो । एक पटक पशुपतिनाथ मनकामना दक्षिणकालि र आफ्नै आदर्श आमालाई संझियो सोहनले । मोटरको स्टिरिङ्गमा ढोग्यो र मोटर स्टार ग¥यो । बिस्वास त थियो आदर्शलार्ई सोहनले मोटर राम्रोसँग चलाउँछ भनेर तैपनि साइडमा बस्यो ऊ । सोहनले सरर मोटर चलाउँदै थानकोट तर्फ अगाडि बढायो । उसको आँखाबाट अबिरल आँशु धारा बर्षिए । अव त जीवनमा आफू पनि मानिस भएको अनुभुती भयो उसलार्ई, कल्पना गर्छ अव गाउँमा जाँदा फलानो ड्राइभर भएछ भन्छन् ।

सधै खेतीपातीमा अल्झेर बसेका ती सोझा गाउँलेहरुले पक्का मेरो प्रगति देखेर तीन छक पर्नेछन् ।् झन मेरीममतामयी आमा जसलार्ई छोराले राम्रो काम गरोस् भनेर दिनरात भगवानसँग प्राथना गर्थिन् । अव भने उनको मनको धोको पनि पुरा भयो । साथी संगी वडो खुशीले उसलार्ई स्यावास दिनेछन् ।् यसै सोचाइमा सोहन थानकोट काट्न लागि सकेछ । “सोहन अव हामी अगाडि नबढौ मोटर ब्याक गर , साँच्चै त पास भइस् अव टा«यल दिएर लाईसन्स झिक म एउटा मोटर मिलाई दिन्छु ।” आदर्शको भनाइले झसङ्ग हुन्छ सोहन , नागढुङ्गा पुग्नु अगाडि नै ब्याक गरेर मोटर मोड्छ र फर्कन्छन् उनीहरु कलङ्की चोक तर्फ । ती अधबैसें जो यो शहरमा सोहनको अभिभावक भएका छन् । उहाँसँग नैसोध्यो सोहनले, आफूले लाईसन्स् निकालेर मोटर चलाउने विषयमा, उनी पनि बडो खुशी थिए सोहनको प्रगतिमा ।लाइसन्स् झिक्न नपुग पैसा आफूले हालीदिने आश्वासन दिदै बधाइदिन्छन् सोहनलाई ।

नभन्दै बिना झन्झट सोहनले सजिलै लाईसन्स निकाल्यो । अव ऊ मेकानिकलबाट ड्राइभरमा प्रमोसन भैसकेको थियो । अधवैसेको आशिबार्द दिएर सोहन आदर्शको साथ उपत्यका बाहिर बिराटनगर गयो । आदर्शलार्ई सोहनको मेहनत,लगाव र परिश्रम प्रती भरपुर्ण विस्वास छ त्यस कारण आफ्नै कम्पनिको एउटा मालवाहक ट्रक साहुलार्ई भनेर मिलाई दियो । शुरुमा त नयाँ मान्छेलार्ई बिस्वास गर्न गारो मानेको थियो ट्रक साहुले तर आदर्श आफू जिममेवारी बसेपछि भने सोहनले ट्रक पायो । अवका दिनहरुमा मालसामान बोकेर कहिले बिराटनगर त कहिले काठमाडौ यसरी ने चल्छ सोहनको दिनचर्या ।

 

भाग चार

सरद ऋतुको आगवन वर्षा ऋतुलार्ई बिदाई गरेर बाटो घाटो गौडा र गल्छी ओभानो भएको अवस्था, फुलहरु कोपीलाबाट फक्रेर मस्त जवानी प्रदर्शन गर्दै होलान, हरियालीले गाउँलाई आफ्नो बलिया पाखुराले कैद गरेको छ । कति रमणीय वातावरण, वर्षापछि खुलेको आकास, आफ्नो गर्भबाट जन्म दिएर बृक्षले फललाई लठरम्म काखमा सजाएको दृष्य कस्लार्ई राम्रो नलाग्ला , कस्को मुटु नछोला, एक त प्रकृती आफैमा त्यस्तो जादुमय दृष्य हो जसले पशुपंछि र स्वयम मानवको मन जितेको हुन्छ र त प्रकृती र मानवको सम्वन्द नङ र मासुको सम्बन्धसँगै उदाहरण लिन सकिन्छ । वारीमा खनजोत गरेर सबैले बाली लगाइसकेका छन्  कलिला गहँु र तोरीले माटोलार्ई बिस्तारै ढाक्ने क्रम जारी छ ।

सबै ब्यक्तिले एक से एक होडबाजीमा घरलार्ई सिंगारेका छन् । सेतो कमेरो, पहेलो माटोले घरलाई लिप्दा साथमा रेडियो बजाउन प्रयोग गरिने ब्याट्रि, घिरौलाको पात र गोवर मिसाएर ढोका र झ्यालमा पोत्दा एउटा यौवना युवतिले आँखामा गाजल लगाए झै देखिन्छ । प्रत्यक घरवरपर फुलको बगैचा, पहिला पहिलाको तुलनामा गाउँको मुहार फेरीएको छ । बिदेशी प्रोजेटले गाउँमा चेतना फैलाउन भरपर सहयोग ग¥यो । बाटो घाटो र गल्लीलाई सौचालय बनाउन पल्लकेका गाउँबासी घर जग्गामा ट्वाइलेट बनाएर प्रयोग गर्छन् । एकघण्टा माया मारेर पानी लिन जानु पर्नेमा दुइघर बिराएर कलघारो जडान छ । गाउँका महिलाहरुले सिलार्ईबुनाई तालीम प्राप्त गरे एकजोर कपडा सिलाउन र एक धर्सो उद्रेमा पनि सुचिकारको दैलो टेक्न जानु पर्दैन उनिहरुलाई । शान्ताले पनि पौढककक्षा पढेर रामायण, सोस्थानी, महाभारत पाठ गर्छिन । टुकि बत्ति र दियालोमा आश्रती गाउँलेहरु गोवर ग्यास र सोलार पावरबाट बत्ति बाल्छन् खाना बनाउँछन् सफा सुग्घर ताजा खानेकुरा खानु गाउँले सिपालु भैसके, गाइपालन, भैसीपालन, बाख्रा पालनका लागि सुलभ किस्तावन्धिमा रिनको ब्यवस्था मिलाई दिएको छ । साँच्चै भन्नु पर्दा त्यो गाउले काँचुली नै फेरेको छ । यसै बीच हिन्दुहरुको महान् चाड बिजया दशमी, दैत्ये असुरहरुलाई लडाइमा हराई दबीले बिजय गरेको उत्सवमा मनाइने पर्व बिजयादशमी घरको संघारमा उत्रन्छ , सबैको घरमा नौलो चहलपहल , अष्टमीको दिनमा ढाल्न ठूला ठूला खसी सबैको घरमा तयार छन् । सप्तमी अथवा फुलपाति भित्राउने दिन, पिताम्बर बिहान देखि फुलपाती भित्राउन उखु, बेलपत्र, माल्पुकेराm जयन्ती, अदुवा आदी बटुल्दैछन् । जेठो छोरा हरिको विवाह भएर पनि जम्माजाल भै छुट्टिएर बसेको तिनवर्ष भइसक्छ , माइलो मोहन गत वर्ष विवाह भएको काखमा घुतमुने घोरी छ । साइलो सोहन तीन वर्ष अगाडि घर छोडेर हिडेको मरे बाँचेको अत्तोपत्तो छैन । कान्छो निरज पनि त अव पन्ध्रवर्ष पुगेर सोह्रा वर्ष लायो । यहि साल एस.एल.सी दिन्छ । पिताम्बर हाल सबै कुराले भरिपुर्ण छन् ।् उनमा अभाव छ त केवल साइलो छोरो , बीचरी शान्ता गत वर्षको चाडहरुमा पनि आँखा ओभानो भएन ।आउला कि छोरा भन्दा भन्दै दशैं तिहार बित्यो । तर यो वर्ष कताकता धमिलो आसा  पुन जुर्मुराएर उठेको छ । भञ्ज्याङबाट जो लाहुरे झरे पनि सोहन हो कि भनेर पच्छयाउँछन् उनका आँखा, रोटे पिङ र लिङ्गे पिङ्गले खुव पर्खियो सोहनलाई ।

घर छाडेर हिडेको दिनदेखि उ कहाँ छ कुन अवस्थामा छ म¥यो कि बाच्यो, घरका कसैलार्ई थाहा छैन, दाजुभाइ त आखीर दाजुभाइ नै भए एउटा भाइ नहुदा अंस बढ्छ भन्ने सोच्दा हुन् सोहनको खोजखवर किन गर्थे र ? तीर ती बुढा बाबु आमालाई सोहनको संझनाले पिरोल्नु पिरोलेको थियो । क—कसलार्ई कहाँ कहाँ खोज्न पठाएनन् पिताम्बरले तर ऊ फलानो ठाउँमा यो काम गरेर बसिरहेछ कसैले भन्न आएन । बानी ब्यहोर राम्रो थिएन त्यो त सही हो तर रोग लाग्यो भनेर उपचार गराउनु साटो हातको औला नै काटेर फ्याक्न कहाँ सकिन्छ र ? रुदा रुदा शान्तिको त आधा ज्यु भैसक्यो । फुलपातिको दिन गाउँभरी ठूलोे चहलपहल छ, गाउँले ठिटा ठिटिहरु भन्ञ्याङ्ग र चौतारीमा पिङ्ग हाल्न घरघर बावियो बटुल्न हिडेका छन् । जुन गु्रप आएपनि “सोहन आयो काकी” बस यहि शब्द उच्चारण हुँदा पिताम्बर र शान्ति नाजवाफ हुन थालेका छन् । आज बिहान पनि खासै खाना रुचेन उनीहरुलाई पिताम्बर भागमात्र बसेर उठे, शान्ति त झन भागै बसिनन् । बर्ष दिनको चाड सबैको परिवार भेला भएका छन् । मीठो नमिठो बाडेर खान्छन् कति सुखी र खुशी देखिन्छन् तर सोहनको घरमा उसको अनुपस्तिथिले सुखि संसारमा आगो लागेको छ । शान्तिका आँखाहरु दिनभर बाटोमा गएर टाँसीयो, बुढा त झन एक्ले भिरमा गएर खुव टोलाएर हेरे  दश वर्षे कान्छी बहिनी दाजु आउनु हुन्छ नाना ल्याउनु हुन्छ भनेर खेल्नै नगइ सबेकी छ । जेठाको परिवारलार्ई त के नै चासो भयो र माइलाका खलक भने सँगै भएर पनि सोहनको अभावले एक थोपा पनि धमिलो बनाएको छैन आचरण र ब्यवहारमा । त्यसैले होला झलकमान गन्दर्भको गीतमा भनेका छन् । “दाजुले सोध्लान् नि खै भाइ भन्लान् अंस बढ्यो भन्दिएभाउजूले सोध्लीन नि खै देवर भन्लिन खसी काट भिन्दिए”हेर्दा हेर्दै घामले डाडा काट्छ गोरखाबाट लामिडाडा भेडुङ्गा हुदै काठमाडौ भित्राइउको फुलपाति हनुमान ढोकामा भित्रदा बढाइ गरिन्छ जसको आवाज उक्त गाउमा सम्म सुनिन्छ त्यसपछि मात्र गाउका बासिन्दाले फुलपाति भित्राउँछन् । पिताम्बर पनि मन नलाइ नलाई तयार पारेको फुलपाति पुजा कोठामा लगेर राखिदिन्छन् । उदास मुहार न्याउरो चेहेरा धेरै खिन्न छन्  पिताम्बर दमपति ।पिढीको डिलमा बसेर तमाखु तानिरहेकी शान्तिसँग कुरा गर्छन् पिताम्बर । “घर छाडेर हिडेको तिनवर्ष बितेर चारवर्ष लाग्न लाग्यो कहाँ चै गयो होला त्यो जहाँ जुन ठाउँमा पुगेपनि चाडबाडमा त घर फर्कनु नि ?”लामो सुस्केरा हाल्छने पिताम्बर । पिलपिलाउँदो मुख लगायर बोलिछन् शान्ति“बुढापाकाहरु भन्थे —आमा बाबुको मन छोरा छोरी माथि छोरा छोरीको मन ढुङ्गामुढा माथि कति चै सतायो यो छोराले भने भनि साध्यै छैन । बालकमा पनि उपद्रो गरी गरी सतायो हुर्के पछि साँप दुलामा पसे जस्तो बिपत्ता भएर हरायो ।

यी सन्तानहरुले बाबु आमाको मोहलाई कहिले बुझ्न सकेनन् वरा ।” मुखबाट ओकलिएका शब्दहरुसँगै नयनको मोती गालाको बाटो हुदै तप्प तप्प काखमा चुहिन्छ ।ट्वार ट्वार तमाखु तानेर धुवा आकाशतिर उडाउँदै पिताम्बर फेरी मुख खोल्छन् —“यो माया भन्ने चिज नै अचम्मको जव टाढा भयो तप सताउँने अभाव खड्कने, कति गाह्रो सहनलाई, साथमा चार सन्तान छन् । तर त्यही सोहन नहुँदा हामी एक्लो भएका छौ मुटु उसँगै नै गुटुमुटिएरु गएको छ । लोकको अवगाल टार्न नपर्दो हो त म ज्यान जाला यो वर्ष खसी ढाल्दिनथेँ ।”शान्तिले थप्छिन् —“त्यसो भनेर पनि कहाँ हुन्छ र सिताको बुबा माइलो र माइली छन्, फेरी तामाको मुना जस्ती नातिनी, नाबालक सिता खसी किनेर ल्याएको दिनदेखी चिचि खाने भनिरैछन् । चाडबाड भन्नु नै हाम्रो कहाँ हो र ? केटाकेटीको लागि पो हो त्यही पनि सिताको बुबा यो साल सोहन आउला जस्तो लागिरैछ मलार्ई, हिजोको सपनामा पनि झलुक्क बैठक कोठामा देखेको थेँ अलि दुब्लो र पातलो भएछ । ” कुरा गर्दा गर्दै दिनले मेटो काटेर रातले आफ्नो वर्जस्सो कायम गर्छ, पर बाटामा हिडेका मानिसको छाया सम्म पनि देखिन्न अव । आकासमा पिलपिल ताराहरु पिलपिलाइ रहेका छन् ।  भित्रबाट बुहारी खाना तयार भयो भन्छिन् मन नलाई नलाई बुढाबुढि भित्रिन्छन् सबैजना खाना खान बसेका हुन्छन् । लुसुक्क भित्र पसेर मुल ओच्छ्यानमा टुसुक्क बस्छ । “दादा आउनु भो !दादा आउनु भो ” सिता भातको थालै बोकेर दाजु भएतिर जान्छे । “सोहन तँ आइस बाबु” आँखा तान्दै पिताम्बर भन्छन् ।

सोहन बुबा आमा, दाजु भाउजूलार्ई ढोग गर्छ । पहिला त उ यस्तो आदर सम्मान गर्न पटक्कै जान्दैन थियो सिकाएछ सायद समयले सबैकुरा । “बाबु छोरा तँ कहाँ थिइस यत्रो समय ?” शान्ति आँखाबाट बलिन्द्र हर्षासु झार्दै बोल्छिन् , सबै जनाले रमाइलो तरिकाले खानपिन सके । केही समय अगाडि सम्म मसानघाट जस्तो घर पुनः सोहनको आगमनले रमाइलो वातावरणमा परिवर्तन हुन्छ । सबैजना वरपर बसेर सोहनलाई घेरेका छन् मानौ उ छिटै भाग्न नपाओस् भन्दै लुकाएको जस्तो । आफूले ल्याएको झोलाबाट पालै पालो सामानहरु बुबा, आमा, दाजु, भाउजू र बहिनीलाई दिन्छ उ जाँदा ठूलोे दाइ र भाउजू भिन्न भएको पनि थिएनन् त्यसैले उनिहरुको लागि पनि ल्याइदिएको छ उपहार । सानी भतिजी जो उ जाँदा यस धर्तिमा आएकी नै थिइन त्यसो त माइलाको विवाह पनि उ गएपछि भएको हो तर दाजुको विवाह भएको खवर भने उसले कुनै साथी मार्फत जानकारी पाएको थियो । आमाले अँगालो मार्दै सोहनलाई भनिन् “यतिका सामान किन ल्याउनु पथ्र्यो र बाबु तँ मात्र मुख देखाउन आइदिएको भए भइजान्थ्यो नि यत्रो वर्ष किन सम्झीनस् हामीलाई, के हाम्रो याद आएन तलाई ।” बोल्दा गला अवरुद्ध भयो आमाको , आँखाको आसु पुछिदिदै भन्छ सोहन–“आमा म कतब्र्य पालन गर्न सक्ने असल छोरो बन्दै थिएँ यस अर्थमा आफ्नो लक्ष्य र उद्देश्यहरु बिचम छाडेर आउन मनले मानेन अव त म आइहाले तपाइहरुको संझनाले मलार्ई मात्र नचिमोटेको कहाँ हो र ? त्यो बिरानो शहरमा एक्लो यात्री बनेर जीवन धान्न पर्दा पटक पटकको चुनौतीसँग सामना गर्दा तपाइहरुको यादले बेला बेला बेहोसी नै बनाउँथ्यो तर भबिष्यको लागि आफूलार्ई समाले नि आमा ।”उ पनि सुकसुकाउन थाल्छ । आफूले शहर जाँदा पाएको दुःख एकपछि अर्र्को सबै सुनाउँछ परिवारलार्ई, स–परिवार भाव बिहोल बन्छन् त्यो क्षण ।

पर्सबाट १५००० दिदै बोल्छ सोहन–“बाबा सानुमा त कहिले सुख दिइन तर ठूलोे भएपछि पनि एउटा मेलाको भर सम्म नभए पछि म भौतारीएर घर छाडेको हुँ । लिनुस बाबा नालायक छोरा आज लायक भएर कमाएको परिश्रमको मुल्य, भर्खरु काम पाएको अहिलेलार्ई यति नै भयो पछि ……….।” सबै चुपचाप एकछिन सन्नाटा छाउछ घरमा । मौनतालाई तोड्दै बोल्छन् पिताम्बर–“तेरो बिवाह गर्ने बेला पनि भयो आफ्नोे बिवाहलाई आवश्यक पर्ने पैसा कमाएर ल्याइछस् राम्रो भयो , अव मलार्ई बिस्वास छ एउटी श्रीमती रुखको फेदमुनि लगेर पनि पाल्न सक्छस् ।अव आउने मंसिरमा म साइली बुहारी भित्राउने भएँ ।” उदासताबाट बातावरण परिवर्तन भइ सबै रोमान्टिक मोडमा आइपुगे ।

विवाहको प्रसङ्ग उठ्दा अलीकती लाजले रातो भयो सोहन आखिर बिवाह गर्ने उमेर भनेकै २०, २२ त हो लामो कुराकानी पछि सबैजना आ—आफ्नो बिस्तारामा जान्छन् शान्ति र सोहन भने आधारात सम्म भलाकुसारी गरीरहे । निदले सोहन झुल्दा झुल्दै निदाउँछ उ निदाएपछि  उसको अनुहार धित मरुन्जेल हेर्छिन शान्ति । मायाले सुमसुमाउँछिन् र ओढने आढाएर कोठाबाट बाहिरिन्छिन् । आज शान्तिलाई पनि निद आएको छ हुन सक्छ केही वर्षको बिछोडमा छट्पटाएको मन आज सोहन साथमा पाएर होला उनी पनि आफ्नो बिस्तारामा गइन र ढल्कीन ।

भाग पाँच

 

 अष्टमीको दिन बिहानदेखि निकै चहलपहल छ । इनार, कुवा र धारामा नुहाउनेको भिड देख्दा यस्तो लाग्छ सबैका घर रित्तो छ भए भरका सपरिवार आइरिएर पधेरोमै आएका छन् । नयाँ नयाँ चेहेरा देखि परिवर्तित मुहारसँग नजर साट्न पाइन्छ । हुन पनि अधिकांस युवा र युवतीहरु पढाइको लागि, जागीरको लागि सहर भित्रेका थिए , जन्ती र मलामीलाई समेत सिलाखोज्नु पर्ने युवा जमात दशैंको बेला घर फर्कदा गाउँ साच्चै भरिपुर्ण देखिन्छ । कतिका छोराले शहरमा बस्दा बस्दै बिहे गरेका हुन्छन् यस अर्थमा पनि ती अपरिचित मुहारसँग हातेमालो गर्न पाइन्छ । हातमा सानु गाग्री बोकेर सोहन पनि धारो तर्फ लाग्छ सबै बाल्यकालका साथीभाइसँग जम्काभेट हुँदा सोहनको मन ज्यादै पुल्किन्छ, खुशिका उन्मादले लुकामारी खेलेका गौडो र गल्छिहरु, पात बजाउँदै सुसेली हालेको बन पाखाहरु उसलार्ई अंगालोमा पाएर मसक्क कस्केको झै लाग्छ ।

बिहानको कलिलो घाम लाडिएर सोहनकै पोल्टाभरी पोतिदा, बाटाका दायाँ बायाँ दुबोमा रहेका सितहरु लाजले मस्कदै गोडाहरुमा लुट्पुटिदा अनौठो अनुभव र अनुभुती हुन्छ सोहनलाई । त्यो ठाउँ जुन ठाउँमा पन्ध्र सोस्र वर्ष बित्यो तर ती दिनहरुमा आज जस्तो नौलो कुतकुती लागेको थिएन अहँ पटक्कै लागेको थिएन उसलार्ई । मनमा उल्लास र उमङ्गका भावावेगहरु उथलपुथल बनाउँदै धाराको नुवाइधुवाई सकेर घर फर्कन्छ । घर पनि पहिलाको तुलनामा पृथक भएछ । साझमा थकाइले लखतरान भएर फर्कदा त्यति अवलोकन गर्न नसकेको वातावरण बिहान धित मरुन्जेल नियाल्छ । घरमा मटन बनाएछन् दाजुहरुले , जे होस आफ्नो अनुपस्थितीमा पनि घरले काचुली फेर्न सकेकोमा गर्भले छाती फुलाउँछ ऊ । गएका वर्षहरुमा नुन खाएको कुखुरा झोक्राए झै फलैचामा तमाखु तानेर बस्ने पिताम्बर यो साल सोह्र वर्षे तन्नेरी झै बनेर खसी खुइलाउने पानी तताउन तल्लीन देखिन्छन् ।मनै त हो सबै भन्दा ठूलोे कुरा मनमा जोस जाँगर इच्छा र। चाहना सल्बलाउँदा शरिरले घोडा टेक्नै पर्छ । एक जमात युवाहरु हातमा नाङ्गो खुकुरी बोकेर आउँछन् । पुजाआजा पश्चात एउटा लम्कने घोर्ले खसीलाई आँगनमा ल्याइन्छ । खशी मार हान्ने सिलसिलामा बिक्रम जो सोहनको बाल्यकालको साथी उसले सोहनलाई भन्छ–“यस वर्ष यो घरमा सोहनले नै मार हान्नु पर्छ ल ल सोहन समात खुकुरी” भन्दै खुकुरी सोहन तर्फ बढाउँछ  तर सोहन हास्दै भन्छ –“भै गो यार यत्रो वर्ष सम्म यो काम गरीएन आज आएर किन गर्नु प¥यो तिमीहरु नै गर ।जसले गर्दै आएको उसलार्ई मात्र जानकारी हुन्छ उक्त कामको बिना जानकारी हात हाल्नु भनेको हावामा गोली चलाउनु जस्तै हो ।”

छोरा र उसको साथीको संवादलाई ध्यान पूर्र्वसुनि रहेका पिताम्बर बिचमा कुरा काटदै भन्छन् –“हेर बिक्रम तिमीहरु जस्तो साहसी हाम्रो साहन छैन र थिएन पनि , सानुमा त खसी काट्ने बेलामा भर भित्र लुक्थ्यो र पछि मात्र कानको हकदाबी गर्न आउँथ्यो ।” पिताम्बरको कुराले ठिटाहरु एक हलको मेलो गलल हाँस्छन् । सोहन भने रातो हुन्छ केटाहरु खसी छिनालेर बाटो लाग्छन् ।  गाउँको माझमा बाटुले चौर छ, चौर ठूलोे छ तै पनि बाटुलो छ । सिमल,उतिस सल्ला र वर पिपलले चौरको सोभा बढाएको छ । यस्तो लाग्छ ती रुखहरु नहुन त्यो चौरको कुनै अर्थ थिएन, नारीले सिन्दुर टिका गाजल लगाएर आफ्नो सौन्दर्यलार्ई निखारता दिलाए सरी विभिन्न बृक्षले बाटुले चौरलार्ई सिगारेको छ उसको यौवनमा उन्मुक्तता दिलाएको छ ।चौरको बिचमा रहेको बरको ठेलो हाँगोमा पिङ हालीएको छ जहाँ युवा र युवति बिशेष गरी केटाकेटी लुठाचुडि गर्दैछन् । केवल पिङ खेल्नको लागि । चाडबाडमा पिङको अति नै महत्व रहन्छ । बुढापाका पनि दशैंको टिकाको दिन एकपटक भएपनि भुइछोड्नु पर्छ भन्छन् त्यसैले होला नाचगान छोडेर पिङमा मच्चिनेको लहर बाक्लीदो भएको ।    टिकाको दिन सबैको निधारमा रातो टिका र चुल्ठोमा पहेँलो जमरा सजिएका छन्  राता पहेला, रङ्गीचङ्गी पोसाकले फुलवारीमा फुल फुलेको संज्ञा प्रस्ट गर्दै छ । धेरै पटकको झम्टाझम्टी पटि सोहनको हातमा बल्ल पिङ पर्छ चौतारीलाई घेरेर बसेका युवा युवति ताली बजाउँदै सोहनलाई स्वागत र पिङ बढिसे बढि मच्चाउन हौसला प्रदान गरीरहेछन् । चौतारीमा बर पिपलसँगै हुन्छन् त्यो त सबैलार्ई जानकारी भएकै कुरा हो बाटुले चौरमा पनि वरको रुखसँगै पिपलको रुख छ एउटा तेर्सेको हाँगोमा झुप्प सुनाखरी बाट छ र फुल झकि झकाउसँग फुलेको छ पिङ जति सक्दो बढि मच्चाएर त्यो सुनाखरीको फुल टिप्न सक्नुलार्ई सफल योग्द्धा वा बिर पुरुष मानिन्छ ।

होडबाजी यसैमा चलिरहेको बेला सोहन जोडतोडले पिङ मच्चाउँछ । यो सालको दशैंमा त्यति खेर सम्म कसैले पनि सुनाखरीको बोटलाई छोएर फुल टिप्न सकेका छैनन् । यस अर्थमा पनि जोडदार तालीले हौसाइ रहेछन्  सोहनलाई सबैले, सोहन पनि के कम त्यत्रो मानिसको माहौल, त्यसमाथि पनि एक से एक तरुनीहरुको अगाडि आफूलार्ई कायर लाछि देखाउनु साटो जिउनै दाउमा राखेर सकि नसकि पिङ मच्चाउँछ । नभन्दै उसको तक्दीर बलियो नै रहेछ भन्नु प¥यो १० १५ सर्को पछि सुनाखरीलाई हातले झ्याप्प समात्यो र एक झुप्पो फुल टिप्न सफल भयो । त्यो पल झरीएलाकी पिङबाट भन्ने डर र भएले मुटुको मझेरीमा ढ्याङ्गो नबजेको भने पक्का होइन तर साहसले काम दियो । सोहन पिङबाट झर्ने बित्तीकै सबै साथिभाइले उसलार्ई बोकेर नचाए । त्यसै खुशइीालीमा एउटाले प्याच्च भन्यो –“लौ सोहन त्यति मेहनत गरेर टिपेर ल्याएको सुनाखरी त्यसै फ्याक्न पनि ज्यादै नमज्जा हुन्छ त्यसकारण यो मेलामा आएका एकसे एक युवतिहरु मध्ये जुन केटी तँलाई मन पर्छ उसैको हातमा सुनाखरी थमाउन पाउँछस् कि कसो साथीहरु हो ?”        उरनठेउला केटाहरु न हुन् उनीहरुलाई हावादारी गफ गर्नमा कसले जित्न सक्छ र ? सबैले एकै आवाजमा भने –“हो हो ।” केटीहरु पनि के कम, काँक्राको चिरा जस्तो सलक्क परेको, गोरो खाइलाग्दो, फेरि शहरमा बस्ने ड्राइभर सोहनको हातबाट सुनाखरी लिन पाउनु त आफ्नो सौभाग्य सम्झन्छन् । उसको हातले दिएको सुनाखरीले चुल्ठो सजाउन मात्र होइन आजीवन उसैको अंगालोमा हराउन पनि तयार छ, उनीहरुको मन । आखिर मन नै त हो राम्रो चिज देख्दा नलोभिने कुरै आउन्न । त्यस माथि पनि जवानीको बेलामा जुन हे¥यो जुनै राम्रो, घाम हे¥यो  घामै राम्रो लाग्नु त्यो हेराइको दोष नभई समय र परिबेसको बदमासी हुन्छ । चौतारीको एकापट्टि तँ भन्दा म के कम भनि सिंगारीएर केटीहरु उभिएका छन् । तल्लो गाउँ, पल्लो गाउँ, मात्र नभएर दशैंको मेला भर्न टिकाको दिन बाटुले चौरमा छिमेकी गा.बि.स र छिमेकी जिल्ला काठमाडौँ साथमा नुवाकोट सम्मका मान्छे भेला हुन्छन् । बारीमा नार्न लागेको गोरु झंै लहरै उभिएका सबै युवतिलाई बगैचाका फूललाई भमँराले कुन फूलको रस पहिला चुसौँ भनेर नियाले जस्तै एक पछि अर्को नियाल्दै जान्छ सोहन । सबैको शिरदेखि पाउसम्म लुकामारी गर्दै हिडेको नयन छिमेकी गा.बि.स का वडा अध्यक्षको छोरी समितामा गएर एकाएक सोहनको आँखाले बिश्राम लिन्छ । मानौ त्यहाँ एउटा चुम्बक छ र सोहन एउटा फलाम हो उ त्यसै चुम्बकमा परेर टाँसीएकोछ । पछाडीका केटीलाई उसले नियाल्न चाहेन हुन सक्छ उसले खोजेको र रोजेको चिज उसलार्ई उपलब्ध भएको छ । गोरी ठूला ठूला आँखा, बारुले कम्मर, हाप ब्लाउज र लुगी लगाएकी, बलाउज भित्र आकास नियाल्न अग्लेका ती चुचुराहरु, टम्म मिलेका पाखुरा, मुस्काउँदा सुनाखरीलाई मात्र होइन गुलावलाई नै माथ गर्ने उनको यौवन । उनी सोहनलाई असाध्यै मन परी हातमा सुनाखरी बोकेर उ सरासर अगाडि बढ्यो पाइला लर्बराउँदै, आँखा आँखा एक आपसमा जुधिरहेको थिए भने धड्कन सुस्तरी लाग्छ बढदै छ ।

समिताको अगाडि टक्क रोकियो र एकोहोरो सोहनले उनैलाई हेरी रह्यो । आँखा झिमिक्कसम्म नपारी दुवै एक अर्कामा हेरेको हे¥यै गर्छन् । मानौ उहीहरु एउटा मेलामा लाखौको माहौममा नभइ एकान्तको अनकन्टार जंगलमा छन्, झरनाको चिसो पानीले कल्तोल ध्वनि अलापि संगीत गुन्जाइरहेको छ । हावाको चिसो स्पर्सले पनि दुवैलार्ई सुस्तरी पालै पालो चुमेर काउकुती लगाउँदै छ, दुवैको मनमा एउटै गुनासो छ कि त्यो हावा हामी किन हुन सकेनौ । यदि हावा बन्न सकेको भए बिना भय र बिना संकोच एक अर्काको आलिङ्गनमा आफूलार्ई समाहित बनाउन पाइने थियो । तर सोचाइले कहिले मनलाई साथ दिन्छ र सोचाइ त एउटा तृष्णा हो जस्को प्यासमा मन दिवाना बनिरहन्छ पल पल, भोगाइको जीवन भन्दा सोचाइको तरङ्ग मीठो अति मीठो हुन्छ कहिले काँही मनहरु चाहन्छ सोचाइको श्रीङ्खला कहिले नटुटोस् जिवनको यात्राहरुमा । सबैले बजाएको तालीको गडगडाहटले दुवै कल्पनाको संसारबाट यथार्थमा आउँछन् । समिता लाजले राति बन्छे भने साहन उसको हात च्याप्प समातेर नरम हत्केलाका सुनाखरीको झुप्पा थमाउँछ र फरक्क पछाडि पर्कन्छ, कुनै ठूलोे काम बिगारेको जस्तो नुहेको शिर लगाउँदै । उक्त दिनको मेलामा सबैभन्दा राम्री समिता हुन्छे र बिर पुरुष सोहन भनेर चिनिन्छ । परिवेस नितान्त अनौठो र सुनौलो बनिदिन्छ उनिहरुका लागि । कहि केही पाएको जस्तो केही भेटे झै ,अति स्वणीम, भित्री मनदेखि नै काउकुती लगाउने । पिङमा बालकालिका र युवा युवती मात्र झुलेको झुलेको नभै सरदी मधुमास फक्रेको लाग्न थाल्छ । टेकेको जमिनमा ती डस्न ढुङ्गा र धुलो माटो कुन्नि किन मखमली बिस्तरा बन्छ जहाँ टेक्दा लचकदार अनुभव हुने । हावाले माधुर्यताको सुवास पस्कदै समिता र सोहनको अङ्ग अङ्ग सुमसुम्याउँदा दुवै काउकुतिले रातो पिरो बन्छन् । मन न हो मनले सोचेपछि सारा नयाँ संसार बनि दिने । जवानीमा नजरका तीर पनि मुटु छेड्ने बाण बन्छ भने बन्द ओठले चालेको भाषा गुलाबी फुल बनिदिन्छ । त्यो सुनाखरी हिजो पनि त्यो रुखको आडमा त्यसरी नै फुलेको थियो आज पनि फुलेको छ र भोली पनि फुलिदिन्छ तर कति भाग्यमानि दिन आज ऊ बाजीमा सुनाखरी मात्र नभै असरुपि बन्छ भने समितालाई त्यही सुनाखरी असरुपि गोल्ड मेडल बन्छ भने समितालाई त्यहि सुनाखरी एउटा मीठो अबिस्मरणइी घटना बनिदिन्छ । जुन आफैमा सुन्दर सुवासित फुलको संयोगले निम्त्याएको रहस्यमय घटना पनि कम सुन्दर मनमोहक थिएन ।

मीठा मीठा कल्पनामा पौडीरहेको बेला, मनमा शान्त सुखानुभुतिको छाल उर्लेको समय अनायासै पश्चिमी क्षितिज रक्ताम्य बनि दिन्छ, हुन  सक्छ ती दुवैको त्यो घडिको अपेक्षा गरेका थिएनन् कुनै बेला घटनाले नयाँ मोड लिइदिन्छ । संयोग सबै चाहेकै कहाँ पुग्छ र ? मेलामा जात्रालुहरु पातलिने क्रम बढदो छ । आकासमा चिलहरु यत्रतत्र सलबलाई रहेछन् । मानौ चारप्रहर रात गुजार्न कुनै उचित र सुरक्षित बासस्थानको खोजीमा छन् । पिङमापनि दिउँसोको जस्तो भिड र कुडुलो अनि लुठाचुडी छैन ।

अनवरत रुपमा पलाएका मायाका आँकुरा दुइपाते सूईरो लाग्न नपाउँदै असीनाको बज्र्रपातले छियाछिया भएको स्वरूप जस्तै हृदय बनाएर समिता सोहनबाट बिस्तारै संगीको माझमा ओझेल पर्न थाल्छे । उसँग हात समातेर त्यो भञ्ज्याङ्ग सम्म पु¥याउन जाउँ, हावाले बयली खेल्ने केशलाई आफ्नै हातले सपक्क सम्हालेर चुल्ठी बाटी त्यसैमा सुनाखरी सिउरी दिउँ, सोहनको चाह नबढेको होइन तर समय बिल्कुल उसको पक्षमा रहेन । सूर्यले लेकलेकैबाट गरेको लुकामारी सन्ध्याले फिँजाएको पखेटा उसलार्ई पटक्क मन परेन तर प्रकृतिको रितलाई छिनाएर, तोडेर परिवर्तन यहाँ कसले पो गर्न सक्छ र ? सयपत्री फक्रिएको मुहार लजालु हेराई, गुलाबी अधर नजरमा छाप बसेपछि उसलार्ई साँझ साथीभाइसँग घर फर्कदा हाँसखेल, ख्याल ठट्टा पटक्कै गर्न मन लाग्दैन । मन भारी भएर आउँछ कता कता केही दुखे जस्तो मनको एक टुक्रा चोइटिए झै, धाँजा फाटे जस्तो सहन अलि गाह्रो परेको हुन्छ सोहनलाई । कसकी छोरी होली, जुन जस्ती उ हिँड्दा हिँड्दै बाटामा रोकिएर जुनसँग दाँज्न थाल्छ –“ओ हो ! जुनमा त चमक भएर पनि यति बिध्न दाग छ तर उनमा अँह कुनै दाग छैन कति चम्किली, कति उज्याली, निकै अघि बढि सक्दा पनि सोहन नआएको चाल पाएर साथी बिक्रम चिच्याउँछ, “हैन हे सोहन ! दिउँसोको चन्द्रमाले होस उडायो कि कसो ? सुनाखरीसँगै मुटु गाँठो परेर गयो कि कसो तँ त त्यतै पो अल्झेको छस्  । जा–जा त्यति सारो परेको भए उतै फर्कि जा । बरु हामी घरमा काकालाई ससुराल गयो भनिदिउँला हैन त साथी हो ।”फेरी पहरा थर्कने गरी सबै गलल एक हलको मेलो हाँस्छन् । “ऐ त्यसरी नभन न मोरा हो बिचरोलार्ई पिर परेको बेलामा, खुकुरीको चोट अचानोलार्ई मात्र थाहा हुन्छ ।” अर्कोले सहानुभुती तेर्सायो । “भन भन मात्तेका मोराहरु, जति भन्नु छ भन आखीर आजै त हो तिमीहरुले जोकर बनाउने भोली बिहानै म गइहाल्छु । रसिला, मिठासपुर्ण शब्दले बिदाइ गर्न त तिमीहरुलाई के आउँथ्यो र ।”

भाव सुन्यतामा सोहन अध्यारो मुहार लगाउँदै भन्छ । “तँ भोली नै जान्छस् र सोहन, हैन यार अस्तिमात्र आएको होस् यसो दुइचार दिन त अरु बस् । तँ सँग बसेर कुरा गर्ने र गाउँ घुम्ने रहरै पुगेको छैन । ”अलि नमिठो मुख बनाउँदै बिक्रम भन्छ । “दोस्ती हो तिहार आउँदै छ यो साल त म भाइटिका थाप्न अवश्य आउँछु अनि देउसी र भैलो मज्जाले खेलौला हुन्न र ?” भन्दै साहन दोवाटोबाट सबेै साथीहरुलाई बिदाइ गरी घर तर्फ लाग्छ ।

भाग छ

सितल बिहानीले कलिलो पखेटा फिजाएर धर्तिलार्ई स्पर्स गरीरहेको वातावरणमा पुर्व छितिजका एक चौक्टा भाग घामको लालिमाले रातो वत्ती बालेर दिनलाई स्वागत गर्न तम्तयार भैरहेछ । धर्तिको छातीमा सितको पच्छ्यौरी छरपस्ट फिजीएका छन्  दैलामा जोर घडा राखेर शान्ति छोरालाई रातो अक्षेताको टिका लगाइदिन्छिन् र सुस्तरी छोराको कानमै फुसफुसाउँछिन् । “बाबु आज मेरो सपनाले जीवन्तता पाएको छ मैले खुवाएको दुध सही रुपमा अमृत नै साबित भयो शंङ्का लाग्थ्यो कतै म आमाले आफ्नौ गर्भ प्रति नतमस्तक हुनु पर्ने दिन आउँछ कि भनेर तर आज जोरी पारीको अगाडि सोहनकी आमा मात्र होइन ड्राइभरकी आमा भएकी छु । हिजोसम्म मलार्ई देखेर दुत्कार्नेहरु आज दुइहात जोडेर नमस्ते गर्छन्, धन्य छस् होरा त आफ्नो कार्यमा सधै दत्त चित्त भएर लाग्नु खानपिन र निन्द्रामा बिशेष ध्यान पु¥याउनु शरिर रहेमा सबै चिज हुन्छ नत्र न रहन्छ बाँस न बज्छ बाँसुरी भने झैं हो । तिहारमा अवश्य फर्केर आएस् है बाबु ।” एकाएक उनको मन भारीभएर आउँछ साइतमा आँसु चुहाउनु हुँदैन यो उनलाई थाहा छ तै पनि मनमा भक्कानो फुटेर सागर गहबाटै ओइरिएला जस्तो भैरहेछ । आमाको मुखमा मायालु पाराले हेर्दै सोहन गोडा ढोगी दिन्छ मात्र शब्द फुट्दैन , फलैचाबाट तमाखु तान्दै बोल्छन् पिताम्बर,–“हेर साइला –म केटी हेरेर ठिक्क पार्छु तिहारमा तँ आउँदा हेर्न जानु पर्छ, लाग्दो मंसीरमै हामी बुहारी भित्राउन चाहन्छौ , ल सोहन राम्रोसँग गयस् ।” झ्यालबाट आँखा मिच्दै –“दादा तिहारमा आउँदा मलार्ई घडि ल्याइदिनुस् है ।” भन्छे सानी बहिनी, बुबा र आमाको शब्दले भावुक भएपनि बहिनीको बालसुलभ बचनले उसको मन फुरुङ्ग हुन्छ र “ल ल फुच्ची राम्रोसँग पढ्नु पर्छ नि है त ।” भन्दै बाटो लाग्छ । मन त भारी भएकै छ बाबा आमाको काख, पानी, पँधेरो, साथी– संगी, उकालो–वरालो सबै सगँ लुकामारी खेल्न लुट्पुटिने रहर पुगेकै छैन उसलार्ई तर घर आउने बेला साउले भनेको हुन्छ –“टिकाको भोली पल्टै आएस् है सोहन कामको चाप अलि बढि नै हुन्छ यो समयमा ।” अर्काको नुन खाएपछि गुन त लगाउनै प¥यो । घरलार्ई बिदाइको हात हल्लाउँदै लाग्छ ओरालो ऊ । तगारोको बेलीजाइले तिहारमा आइज है सोहन भनेर बोलाए झैं लाग्छ उसलार्ई । फरक्क फर्केर हे¥यो तर ती फूलहरु मौन फुलिरहेका छन् । जति सुन्दर भएपनि जति नै मनमोहक भएपनि फूलहरु कहाँ बोल्छन् र ? तर बुझ्नुपर्छ उनीहरुको भाषा, दुभाग्र्य पापी भमराले बु्झ्दैन र त अत्याचार रुपि बलात्कार गर्छ फूलको सुकोमल यौवन माथि, मन पर्दैन उसका ती नियती तर प्रतिकात्मक क्षमता पनि त हुँदैन । धोएर सलक्क वर्षाको हिलो सजाउँदै हरिया बालीका सेता झुप्पा फूलहरु उचालेर साढे दुई इन्च मनको शिखर उठाउँदै यात्राका तगाराहरु लम्कन्छ सोहनको पाउँ गन्तब्यको अग्रीम बिन्दुतर्फ । दशैंंको टिका थाप्न जाने र आउनेको भिड अलि बढिनै देखिन्छ बाटाहरुमा, नयाँ नयाँ पोसाकमा सजिदै पालिस लगाएर टिलिक्क टल्काएको जुत्ता निधारमा रातो अक्षेताको टिका र शिरमा पहेँलो जमरा सिउरीएर हतार हतार आफन्त कहाँ जाँदैछन् मान्छेका भिडहरु । बाटो छोडेर साध्य छैन सोहनले । सोचाइमा गम खाँदै झरीरहेछ उ एकोहोरो ओरालो, उसको हिडाई कछुवाको गति भन्दा चाडो छैन, एकाग्रह अवस्थामा देख्दा जो सुकैले अनुमान लगाउन सक्थे केही असमस्यतालाई अँगाली बढिरहेछ ऊ । चिने जानेका जम्काभेट भै हाले फिस्स रुखो मुस्कान छाडि दिन्छ जुन नुन बिनाको तरकारी जस्तो खल्लो, बिलिनो बिस्वाद । जान त जाँदै छ ऊ तर मन अल्झेको छ गाउँमै । हिडाइको झट्का सोचाइको तिब्रता बेसी पुगेको होसै भएन । अघि पछिको तुलनामा अलि कम नै चलेका छन् सवारीका साधनहरु, ट्रकहरु ठ्याक्कै देखिदैनन् भन्दा पनि फरक नपर्ने छ भने बसहरु पातला साथमा प्राइभेट कार, जिप, र भाडाका ट्याक्सहीरु बरु हतार हतार कुदेको देखिन्छ । एउटा बस फ्वास फ्वास धुवा फ्याक्दै र प्वाँ प्वाँ हर्न बजाउँदै माझ बजारमा आएर रोकिन्छ । दशैं बास्तममा साँच्चै दशैं लागेको छ बसहरुलाई ।

बिराटनगर गाडि लिन जाँदैछ ऊ, परैबाट छतमाथि भरीभराउ मान्छे बसेको स्पष्ट देख्न सकिन्छ त्यो भनेको भित्र प्याक छ भनेको संकेत हो । होलो खुकुलो त दशैंको समय बाबुकै प्राइभेट कार भए मात्र हो जति बस आउँछन् हालत त्यही हो सात दिन झाडा पखाला लागेर थलापरेको बिरामी झै प्यासेन्जरको चापले झन्डै झन्डै धकेल्न पर्ने अवस्थामा,आखिर जानु त छदै छ भित्रदेखि माथि छतसम्म खुट्टा राख्ने त परै जाओस् थुक्ने ठाउँसम्म छैन यात्रुहरुले खचाखच भरिएको छ । छतको त के कुरा छतमाथि जाने भ¥याङमासम्म एउटा खुट्टा अड्याएर भएपनि झुण्डिराखेका छन् । ढोकाको डण्डीमा समाउन पाउनु भनेको दशैंमा खसी उपहार पर्नु बराबर हो । सोहन पनि त्यही भिडमा एउटा थपियो र झुण्डइीो ढोकामा एक हातले टेको लिएर बाँकी हात र खुट्टा भिरमा लौका झुण्डीए झै तुन्दुरुङ्ग हावामा झुण्डाएर । सबै मान्छे बसको गतिसँग बयली खेल्छन् कहिले दायाँ त कहिले बायाँ, उनीहरुले लगाएको कपडा बौद्ध गुम्बामा ध्वजा पत्ता जसरी हावाले फरफराउँछ बस त्यही रूपमा छ । बसभित्रबाट तातो बाफ कोचिएर निस्कन्छ भित्र उभिनेहरु घ्याम्पोमा गुन्द्रुुक खाँदिए भन्दा बढि खादिएका छन् भन्ने बलियो प्रमाण रगत चुहिएला जस्तो गाला र सिमसारमा फुटेको मुल जस्तो पसिनाले बताउँछ । बसका यात्रुको चाप जति सुकै बढ्ता होस् त्यो ड्राइभर, कन्डक्टर र खलासीलाई कुनै वास्ता छैन स्टेसन आउना साथ बस रोकिन्छ र रातो क्याप पछाडि फर्काएर लगाउँदै खलासी चिच्याउँछ –“लौ लौ एक्सप्रेस हजुर सिट खालि छ बेलैमा पुगिन्छ आरामदायी यात्रा भिडियो हेर्दै यात्रामा रमाउँदै ।” कानको जालि फुट्ला जस्तो गरी खलासीको चिच्याहट सुनेर यात्रुहरु सराप्छन् कोही बस कम्पनीलाई त कोही ड्राइभर, कन्डक्टरलार्ई, जसले जे सुकै भनोस् उनिहरुलाई कुनै मतलव नै छैन बरु कन्डक्टर खलासीलाई मान्छे नमिलाएको भएर सुन्न पनि घृणा लाग्ने लवजमा गाली गर्छ र केही मानिसलार्ई भित्र कोचकाच पार्छ त केहीलाई बसको हुटमा चढाउँछ । बसलाई गुडाउन तर्फ भन्दा यात्रु उकाल्न बढि जोड दिएको देखेर यात्रुहर माहुरी बनेर खनिन्छन् तर कहिले काँही यस्तो लाग्छ उनिहरुले कानमा रुवा ने कोचेका छन्  यात्रुहरु कराएको सुनेका छैनन् भएभरका यात्रु उठाएर फेरि बस यात्रारत हेलिन्छ । जति चढ्छन् उनिहरुसँग भाडा उठाएर कन्डक्टर ड्राइभरको छेउमै इन्जिन माथि चकटी ओच्छ्याएर बस्छ ।

ढोकाको छेवै्नेर दुइटी युवति सिटमा बसेका छन् । बेला बखत ती युवतितिर हेरेर आँखा सन्काउन पछि पर्दैन कन्डक्टर,  “क्या चिज छन् मोरीहरु गम्म अंगालो मारेर च्याप्प मोइ खानु जस्तो” कन्डक्टरको ¥याल चुवाउने संबादले टाउको पछाडी फर्काएर हेर्छ ड्राइभर र घिउ देख्दा बिरालोले मु्ख मिठ्याए झै घुटुक्क थुक निल्छ । “ए खै एक फाँको खैनी बना त मुख नै बाउडेर आयो ।” ड्राइभरको आज्ञा पालन गर्दै खैनी माडेर प्याट प्याट पड्काउँदै दिन्छ र एक चिम्टी बूढी औला र चोर औलाले समातेर मुखमा घुसार्छ । हात प्याट प्याट टकटकाउँदा अगाडि सिटमा बसेको एक युगल जोडिको परेबी चिच्याउँछे –“छ्या कस्तो स्वमत नभएको रैछ यो दाइ त खैनीको धुलो आँखाभरी पारिदियो नखाइ नहुनेले त बाहिर गएर खानु नी लाज पचेको नकचरो ।” परेबीको कुरा कत्तिको सुन्याँे कुन्नि कन्डक्टरले थोत्रो क्यासेट ठोक ठाक पारेर बजाउन तर्फ लाग्छ । उता ड्राइभर भने कन्डक्टरले माडेर दिएको खैनी स्टेरिङ्ग नै समाउन छाडेर मुखमा थन्काउँछ  र झ्यालबाट पिच्च पिच्च थुक्छ त्यसरी थुक्नेले त खादै नखानु नी बरु । सोहन ढोकामा झुन्डेरै पनि साइड सिसाबाट ती दृष्य नियाली रहेछ । कन्डक्टरको अथाह परिश्रमपछि क्यासेट घन्कियो सारै चिरीरी आवाजमा, यस्तो लाग्यो संगीत मनोरञ्जनको लागि होइन कि करबल बसका यात्रुहरु सुनिरहेका छन् । “सारङ्गी रेटौला, मौका मिले फेरि भेटौला ।” हास्य कलाकार हरिबंश आचार्यको आवाजमा सजिएको गीत त्यति बेला साँच्चै समय सान्दर्भीक लाग्यो सोहनलाई । हुन पनि तालमाथिको डुङ्गा झै ढलपल ढलपल छ बसको गति, त्यसमा पनि ड्राइभरको लापरबाही कहिले सुर्ती मोल्छ कहिले स्टेरीङ घुमाउन छोडेर ठुटो कपाल मुसार्छ । हिरो बन्न होकी यात चायाँ परेर चिलाएर हो त्यो यकिन गर्न सक्दैन सोहन । नदिको किनारै किनार बस दौडिरहेछ । यसो ढल्कइीोकी त्रिसुलीमा माछाको आहार नभैएला भन्न सकिन्न । त्यस अर्थमा पनि मौका नै जुर्नु पर्छ फेरि भेट हुनको लागि । खलासी ढोकामा झुण्डिएर चिच्याउँछ “त्यस्तो नेपाली झुर गीत के बजाइरहेको,ए दाइ हिन्दी गीत बजाउनु न ।” कन्टक्टरले सुन्याँे सुनेन त्यो कुराको यकिन भने सोहन गर्न सक्दैन किनकी गीत नेपाली नै बजिरहेको थियो । बसमा यात्रुको कोलाहाल त क्यासेटमा बजेको गीतले साम्मे जस्तो बन्छ । उता ड्राइभर र कन्डक्टर गफका चुट्का पुषमाघमा खोलाबाट हुस्सु उठे झै उठ्छ । दाइने हातले हर्न प्वाँ प्वाँ पारी बजाउँदै गफिन्छ चालक, “मा टोक्नी त्यो नौबीसेको पुर्णिमा होटलको साहुको छोरी ……..के कुरा गर्नु र यार । हामीले बस रोकेपछि झ्यालबाट सिङ्गै चपाउँला झै गरि हेर्छे बिषेश त –पाखुराको बडि फुलाउँदै) यसैमा घुरेर हेर्छे भन्या मोरीको त, कस्तो जादुमय हेराई । हेराइले मात्र पनि नसा लगाउने ।” हो मा हो हो थप्छ कन्डक्टर पनि –“त्यसले तपाइलाई हेरेको हैन गुरुजी मलार्ई हेरेको हो मलार्ई । ओ हो त्यो मदहोसी मदिराका प्याला झै नसालु नयन, त्यो सेक्सी ओठ, लचक्दार कम्मर, नागबेली केश, रसवरी झै गाला उफ म त सम्झदा पनि खै कस्तो कस्तो हुन्छ ।” घुटुक्क थुक निल्छ । उनीहरुको कुरा सुन्दा छेवैमा बसेका नव जोडी पनि कुन्नि किन हो रातो बन्छन् कतै सुहागरात ताजा भएर आएको पनि हुन सक्छ । यता खलासी भने हरिया दात देखाउँदै डिङ्ग हाँस्छ र “चुम्बा चुम्बा दे दे” बोलको उत्ताउलो हिन्दी गीत गुनगुनाउँछ । सगैँको सिटमा बसेका युवतिहरु पर्लक्क आँखा पल्टाउँछन् र आँखा तर्छन् उ भने झन चर्की चर्की उक्त गीत गाउँछ । यी चोटिला बोझीला टिठलाग्दो घटना अवलोकन गर्दै ढोकामा नै  झुण्डिएर यात्रा गर्छ सोहन । कति मिठा लाग्दा भएपनि कति भने सकस लाग्दो नै थियो । झुण्डिदा कहिले दाइने हात गल्ने त कहिले देब्रे हात गल्ने दुबै हातले समाउँदा हत्केला रातो रगत नै चुहिएला जस्तो भएको थियो । लामो यात्रा त्यो पनि असुबिधा र असुरक्षित हातहरु झमझमाउन थाली सकेका छन् । तर के गर्नु अन्य कुनै बिकल्प पनि त नभएपछि चुपचाप सहनु नै त्यहाँका यात्रुहरुको बिवस्था थियो । अघि ड्राइभरले पुर्णिमा होटलको साहुको छोरीको कुरा उठाउँदा उ पनि रोमान्टिक नभएको भने पक्का होइन नहोस् पनि कसरी मोरी छे नै त्यस्ती सुन्तला निचोरे झै रसीला ओठ मुसुक्क हाँस्दा त कुनै शब्द नै हुँदैन उसको वर्णन गर्नको लागि । तर होटलवालाहरुको कमजोरी त्यही हाँसो बेचेर त गुजारा चलाउँछन् सोहनलाई शर्मिला बर्देवाको आवाजमा सजिएको एउटा गीतको याद आउछ । “आलु बेचेँ, चिउरा बेचेँ,  बेचेँ  रक्सि मासु सबै भन्दा बढि बिक्यो जिन्दगीको हाँसो ।” साच्चै आफ्नो मुहार पोटिलो शरिर जिस्कने बानि र त्यही हँसीलो हाँसोले होटलवालाहरु जिबिकोपार्जन गरेका हुन्छन् । नत्र यो प्रतिस्पर्दाको जवानामा ठुस्स परेर बस्नेको होटलमा को जाओस् र खान । सोचाइको संसारमा रम्दा रम्दै सोहन बिराटनगर पुग्छ चोकमा बसबाट उत्रेर सरासर साहुको घर तर्फ मोडाउँछ उ आफ्नो पैतलाहरुलाई, किनकी उस्को अन्तिम गन्तब्य त्यही हुन्छ ।

(स्रोत : काव्यसुधा डट कम)

This entry was posted in नेपाली उपन्यास and tagged . Bookmark the permalink.

3 Responses to नेपाली लघु-उपन्यास : सुनाखरी

  1. Aagyasharma says:

    What hppend after thatt???

  2. prabina chalise says:

    where is the remaining story?

  3. RAJIV says:

    I WANT TO READ THE WHOLE STORY!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.