कविता : तिमी परिवर्तन हौ

~रेशम वि.सी.~

तिमी परिवर्तन हौ
नारी तिमी परिवर्तन हौ
बिहानीको लाल किरणसँगै
उदाउने तिमी प्रभात हौ
अँधेरी रातमा
तिमी पूर्णिमाको जुन हौ
ग्रिष्मको त्यो चर्को घाममा
उकाली लागिरहेका
ती भरियाहरूको
तिमी चौतारी हौ
नारी तिमी
परिवर्तनको वाहक हौ
अँध्यारो घर, दलानमा
प्रकाश छर्ने
चम्किलो दियो हौ
सौन्दर्यको तिमी
बर्णन गर्न नसकिने
रूपकी खानी हौ
नारी तिमी
परिवर्तनको वाहक हौ
जीवनको कुनै क्षणमा
कहिल्यै पनि नथाकी हिँड्ने
तिमी युद्धकर्मी हौ
उजाड मरूभूमीमा
वसन्तको पालुवा हौ
अटल तिमी सागर हौ
अनेक दुःख–कष्टको जीवनमा
भरपर्दो तिमी सहारा हौ
समयको वेगहरूमा
परिवर्तनको निम्ति
लडिरहने युद्धकर्मी हौ
त्यसैले
नारी तिमी परिवर्तन हौ ।

(दाङ)

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क १९ – Apr. 1, 2015 – २०७१ चैत्र १८ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.