कविता : एउटा कथा

~तितेपाती~

एक शोडषी सुन्दरी बजारमा
निर्बन्ध घुम्दै थिइन् निर्वस्त्र
हरमा मात्र थियो एक हाते रूमाल
गुप्ताङ्गको पहरेदार भएर
अनुहारमा किरिङमिरिङ रेखा
बायाँ काँध वरपर घाउका खाटा
उनी यद्यपि स्लिपनट रहिछन् ।

मान्छेहरू कोही बौलाही भन्थे
कति नजरहरू घुरिघुरि प्mयाँकिन्थे
बायाँ काँधका घाउका खाटाहरूमा
सामाजिक यथार्थका धुमिल कथा बोल्थे
किरिमिरी रेखा तिनैका आलोक लाग्थे ।

सामाजिक परिवेशले डामेर छोडेका
तिनै खतहरूमा घुर्मैलो चुनौती बोल्थ्यो
मौलिक हक, लेखपढको अधिकारको
खिस्सी गर्दै व्यस्त साँढे समय
लाज मानेर कतै दगुर्दै थियो त्यति बेला
दुई पाङ्ग्रे र चार पाङ्ग्रे बनेर ।

कतै पैदल जाने पैताला समेतमा
मानव अधिकार र महिला अधिकार
असरल्ल भै बगे्रल्ीत पोखिएर
सडक लथपथ पारेको देखिन्थ्यो
दया, माया, करूणा र मानवीयता
ठूला ठूला महललाई बहिष्कार गर्दै
नालीको लेदो बग्दै थियो
गन्तव्यहीन अवस्थामा हतार हतार ।

उग्र महत्वाकाङ्क्षाको विषालु लहरासँगै
जेलिएका कैयौँ टिनएजर र अरू मान्छेहरू
यस्तै नियतिको पराकाष्ठा भोग्दैछन्
पोष्ट बोगटीका छोरा र भतिजीको
तीव्र घृणाको बिम्व हो विषकाण्ड
गर्भै तुहेको सपनाको मृगतृष्णा
चण्ड बिम्व बनेर प्रतित छ एउटा कथा ।

यो कथा ऊ कथा जस्तै
अन्य सयौँ कथाहरू छरपष्ट
धुलो, धुवाँ, लेदो, सडक र खाते बनेर
उल्टा पैतालाले ढाक्दैछन् यत्रतत्र ।

लेखिन बाँकी यस्तै कथाहरू लेख्न
लेखनदाशहरू धुइँधुइँती खोज्दैछन्
आप्mनै पदचापमा असर पार्ने कथा
चिप्लिँदै ढुनमुनिएको पनि
मदहोसहरू भेट्दैनन्, देख्दैनन् प्रतीक
सुन्दैनन् चिच्याहट, बिन्दैनन् बिम्व
अनि, हिस्स परेर थुचुक्क बस्छन्
थाल्छन् तान्न डल्ली भैँसीको दूधको तर
लाग्छ उनीहरूका सम्पूर्ण इन्द्रियहरू
हल्लनटाट बनेका छन्
कुसुम र माटो झैँ सरावरि भएका छन्
पद प्रतिष्ठा र पैसासँग मुछिएको छन् ।

२०७१ भाद्र १९, गैँडाकोट, नवलपरासी

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क 27, – June 3, 2015 – २०७२ जेष्ठ २० गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.