कविता : ए साथी

~डिल्लीराम रेग्मी~

तिमी कलमको टुप्पो तिखार्दै जाउ
म सङ्गीनको धार तिखार्छु
तिमी मुक्तिको बाटो खन्दै जाउ
मा बाधा बनेका झाडी निखार्छु

तिम्रो र मेरो पसिना झर्ने एउटै सुन्दर जगत मिल्या’छ…
अमर होस् हाम्रो वर्गीय नाता तातो रातो रगत मिल्या’छ….
रातो रगत दिन्छु आचरण बेचेर होइन
जीवन अर्पण गर्छु, अन्याय स्वीकार्य छैन
तिमी मुक्तिको बाटो खन्दै जाउ

झिल्को बनेर जाउ संसार डढाल्ने शक्ति छ
अन्यायको बाँध तोड त्यहीँ मजदुर मुक्ति छ
ताकेर देउ निसाना म लड्छु शोषणविरुद्ध
छेकिन्न छेकेर कहिल्यै रोकिन्न मुक्तिको युद्ध
तिमी कलमको टुप्पो तिखार्दै जाउ

–बोहरागाउँ बाग्लुङ, हाल युएई

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अंक ३१ – June 24, 2014 – २०७१ असार ११ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.