~नारायण शर्मा~
संविधान बनाउने मेसै पाएनन नेताले
विदेशबाट ल्याएको संघीयताले
चार–चार वर्ष बेकारमा फाले हाम्रा नेताले
विदेशबाट ल्याएको संघीयताले
संविधानसभालाईनै पचाइदिए नेताले
विदेशबाट ल्याएको संघीयताले
गणतन्त्र माथि खतरा निम्त्याइदिए नेताले
विदेशबाट ल्याएको संघीयताले
राष्ट्रियतामाथि संकट लगाईदिए नेताले
विदेशबाट ल्याएको संघीयताले
यो देशलाई चिराचिरा पार्न थाले नेताले
विदेशबाट ल्याएको संघीयताले
हिमाल पहाड तराईलाई छुट्टाउँदैछन् नेताले
विदेशबाट ल्याएको संघीयताले
जातिजाति जनजाति लडाउँदैछन् नेताले
विदेशबाट ल्याएको संघीयताले
काटाकाट मारामार निम्त्याउँदैछन् नेताले
विदेशबाट ल्याएको संघीयताले
भाईभाईमा लडाई पार्ने खेल खेल्दैछन् नेताले
विदेशबाट ल्याएको संघीयताले
हाम्रँे प्यारो मातृभूमि टुक्राउँदैछन् नेताले
विदेशबाट ल्याएको संघीयताले
बाइसे र चौबीसे उही युग ल्याउँदैछन् नेताले
विदेशबाट ल्याएको संघीयताले
कर बढाई सामानको भाउ चुलाउँदैछन् नेताले
विदेशबाट ल्याएको संघीयताले
ऋणको पहाड जनतालाई थोपर्दैछन् नेताले
विदेशबाट ल्याएको संघीयताले
अमृत भनी विषको प्याला पिलाउँदै छन् नेताले
विदेशबाट ल्याएको संघीयता
यो देशलाई सिक्किमजस्तै बनाउँदैछन् नेताले
विदेशबाट ल्याएको संघीयताले
गाउँ सहर उठी गरौं खबरदारी नेतालाई
ल्याउनै नदिऔं यो देशमा संघीयतालाई
तीजिगीति एल्बम सीमा अतिक्रमणभित्र समेटिएको यस गीतमा केही टुक्काहरु नयाँ थपी पुनः यहाँ प्रकाशित गरिएको छ ।
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ४३ – Sep. 12, 2012 – २०६९ भाद्र २७ गते, बुधबार)