कविता : माछाको अनुरोध

~गोविन्दप्रसाद आचार्य~

यो नदीमा पानी सुक्यो मरिसक्या छु
थोरै थोरै पाउँ भनी विन्ति ग¥या छु
तड्पिएर सानो सानो रह खोज्या छु
विन्ति हजुर हात जोडेर पानी माग्या छु

अलपत्र परें हजुर पानी नपाएर
हजुरको छेउमा आइ बस्न नपाएर
थोरै थोरै हजुरले किन नथुकेको
म मोरार्ला थुक पनि चाट्न नपुगेको

मोटो घाटो हुन्छु हजुर थुकै चाटे पनि
थोरै थुक चाट्न पाउँ हजुर मनको धनी
मनकारी हजुरले दया गर्नु होला
यो नदीमा पानी सुक्यो थुकिदिनु होला

मलाई पनि सम्झना छ साना माछा खाको
हजुरका ठाउँको पानी मैले पनि खाको
चुटुचुटु त्यो हिजोले मलाई चिमोटेको
याद आउँछ मैले पनि मुटु निमोटेको

कताबाट आउँछ हजुर थोरै बाटो पाउँ
सत्ता रस गिलासको जुठो पानी पाउँ
तड्पिएका बाँच्न पाउँ हजुर सत्ता दाता
छेउमा बस्न पाउँ हजुर हजुरका भ्राता

सत्ता रसको पानी खाइ बिगारेको बानी
छेउमा बस्न पाउँ हजुर हामी कता जानी
सत्ता रसको पानी खाइ सेतै फुलेका छौं
यो नदीमा पानी सुक्यो तड्पी मरेका छौं

सपनाको हुने होकि यो नदीमा पानी
आकाशतिर हेर्दा हेर्दै जाला जिन्दगानी
किनारमा बस्नु पर्दा रातै दिन आँसु
जुठो भनी पाउन हजुर सानो चौटा मासु

तड्पाइका आँशु बगे सम्झनाले पोल्यो
सत्ता रस नपाउँदा यो हृदय जल्यो
यति सारो विन्ति गर्दा किन नसुनेको
अति चर्को खडेरी झैं किन बन्नुभाको

रमाएर खाको बानी खान मन लाग्ने
ढुंगामाथि पछारिंदा साह्रै दुःख लाग्ने
कर्तुतले जिस्क्याउँदा मरें जस्तो लाग्छ
आफ्नो चिता आफै बनाई पोलैं जस्तो लाग्छ

कैले काहीं जोस् चल्छ जाउँ कि आन्दोलनमा
हान्ने हो कि काँडे लठ्ठी खुइले खप्परमा
कुन दशाले पा¥यो यस्तो जीवन बालुवामा
खानुसम्म खाइयो हिजो सत्ता पालुवामा

बाँडी चुँडी खाउँला भन्ने कत्रो थियो आस
लात मारी एक्लै खायो मलाई पा¥यो लास
मर्नु बाँच्नु दोधारमा म त परेको छु
सत्ता रस नपाएर साँच्चै मरेको छु

छ्टपटिंदै सडकमा नांगै नाँची सकें
लाजका अंग छोप्ने लुगा पनि फालिसकें
होस् उडेर कता गयो मलाई थाहा छैन
होस् मेरो सत्ता रस नखाई आउँदैन ।

हात जता पसारेनी गुहार पाइन मैले
यो नदीमा बिलौनाको गीत गाउँछु अहिले
खाली दिमाग कसैर्ला गाली गर्छु अहिले
एक्लै ताली बजाएर नाँच्ने गर्छु कहिले

सत्ता रसको कल्पनामा एक्लै हाँस्छु कहिले
कल्पनाको मदिरामा बतुराउँछु कहिले
रहर गर्दा सुक्ने हो कि यो जीवनको पानी
विन्ती गर्छु एक थोपा सत्ता रसको पानी

२०६९ श्रावण २५, काठमाडौं

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ४० – Aug. 22, 2012 – २०६९ भाद्र ६ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.