~कल्पना पौडेल ‘जिज्ञास’~
जुलुस जम्मा पार्दै भाषण छाँट्छन् नेताहरू
चिप्ला कुरा गर्दै दिमाख चाट्छन् नेताहरू
नौलो क्रान्ति ल्याउँछौं देशमा अब भनेर
बोली पिच्छे झुटका ताना बाट्छन् नेताहरू
महंगीले सिमा नाघ्यो आफ्नो गोजी भर्दै
देशलाई नै निलाम गर्न आँटछन् नेताहरू
पुर्खाले आर्जेका देशका किल्ला बेचीबोरी
अझै देशभक्तिका कुरा काट्छन् नेताहरू
चार जात छत्तिस वर्ण अट्ने फुलबारीमा
संघीयता चाइयो भनी देश भाँड्छन नेताहरू
प्रकृतिको धनी स्वर्ग जस्तो हाम्रँे नेपाल
मौका मिले राष्ट्र नै अन्तै साट्छन् नेताहरू
–गैडाकोट–४, नवलपरासी, (हाल इजरायल)
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ४५ – Oct. 3, 2010 – २०६९ असोज १७ गते, बुधबार)