~तिलक अधिकारी~
नेपाली कविताको आधुनिक काल वि. सं १९७५ सालबाट शुरु भई परिस्कारवादी धारा, स्वच्छन्दतावादी धारा, प्रयोगवादी धारा हँुदै समसामयिक धाराको निरन्तरतामा अघि बढिरहेको छ । नेपाली साहित्यलाई आजको अवस्थासम्म आइपुग्न तथा नेपाली साहित्यलाई निश्चित उचाइमा पुर्याउन विभिन्न भाषिक आन्दोलनहरुले अतुलनीय भूमिका खेलेको देखिन्छ। जसमा मकै पर्व -१९७७), पुस्तकालयपर्व -१९८७), झर्र्रोवादी आन्दोलनको स्थापना -२०१३), आयामेली आन्दोलन -२०२०), राल्फाली आन्दोलन -२०२३), अस्वीकृत जमात -२०२९), अमलेख -२०२६), यङ् रार्इर्टस प|mन्ट -२०३१), बुटपालिस -२०३१), सडक कविता क्रान्ति -२०३६), सडक नाटक -२०३८), आरोहरण मञ्च -२०३८), तरलवाद -२०४०), प्रथम जन आन्दोलन -२०४६), सशस्त्र जन ब्रि्रोह -२०५२), दोस्रो जनआन्दोलन -२०६२/२०६३) आदि विभिन्न आन्दोलनको भूमिकालाई नकार्न सकिदैन । यस्तैगरी गोरखा भाषा प्रकाशिनी समिति -१९७०), मदन पुरस्कार गुठी-२०१२), नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान -२०१४) आदि संस्थाको योगदान पनि कदरयोग्य नै मानिन्छ। त्यसैगरी साहित्यिक पत्रकार संघ -२०२९), शारदा -१९९१), युगवाणी -२००४), प्रगति -२०१०), नेपाली -२०१६), रुपरेखा -२०१७), रत्न श्री -२०२०), मधर्ुपर्क-२०२५), नवजागरण साहित्य -२०३६), आदिले पनि नेपाली सहित्यको विकासमा टेवा पुर्याएको पाइन्छ ।
नेपाली साहित्यका विविध विधाहरु कथा, उपन्यास, कविता, निबन्ध, नाटक, एकाङ्की आदिमध्ये आधुनिक नेपाली कविताले वर्तमानसम्म आइपुग्दा धेरै मोडहरु पार गरेको देखिन्छ । वि. सं. १९७४ सालमा प्रकाशित सुक्ति सिन्धुमाथि प्रतिबन्ध लागेपछि यसले जन्मने मौका पाएको हो । प्रारम्भमा माध्यमिककालीन श्रृङ्गारिक भाव धाराको अवलम्वन तथा परम्परित संस्कृत आदर्शको अनुकरण गर्दै कविता लेख्ने कवि शिरोमणि लेखनाथ पौड्यालले पर्ूर्वीय अध्यात्म दर्शनलाई पछ्याउने, शास्त्रीय छन्दको कुशल प्रयोग गर्दै कविता लेख्ने पौड्याल परिस्कारवादी धारा -१९७७-१९९०) का प्रतिनिधि कवि हुन् । जसले देवकोटाको आगमनसम्म विकसित हुने मौका पाएको देखिन्छ । अंगे्रजीको रोमान्स शब्दबाट विकसित स्वच्छन्दतावादको उन्नयनकर्ता लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठ लाई मान्न सकिन्छ । १९९१ शारदा पत्रिकाको प्रकाशन देखि २०१६ साल वा देवकोटाको मृत्यु हुनुभन्दा पहिले सम्म नेपाली कवितामा स्वच्छन्दतावादी/प्रगतिवादी धाराले डेरा जमाएको देखिन्छ । २००४ सालसम्मको समयावधिलाई शुद्ध स्वच्छन्दतावादी धारा मान्न सकिन्छ भने १९९७ सालमा सहिदकाण्ड हुनु, २००४ सालमै भारतीय स्वतन्त्रता सङ्ग्राम, गान्धीवादी दर्शनको प्रभाव स्वरुप २००४ सालमै लक्ष्मीप्रसाद देवकोटाले वनारसबाट युगवाणी पत्रिकाको सम्पादन गरेपछि नेपाली कवितामा ब्रि्रोह र क्रान्तिकारी चेतना पलाएको पाइन्छ । लक्ष्मीप्रसाद देवकोटाको नेपाली कवितालाई युगसापेक्ष रुपमा खुल्ला आकाशमा उडाउने सपना २०१६ साल तुहिन पुग्यो त्यही देवकोटाको देहावसान सँगसँगै नेपाली कविताको आधुनिक कालको अर्को धाराको प्रारम्भ भयो । देवकोटाले अबलम्वन गरेको स्वच्छन्दतावाद/प्रगतिवाद हुँदै प्रयोगवादबाट अघिबढ्ने मनोकांक्षालाई नजिकबाट चियाइरहेका र प्रारम्भमा स्वच्छदतावादी भावधारामा कविता लेख्ने कवि कोइरालाले २०१७ सालमा रुपरेखा पत्रिकामार्फ घाइते युग कविता लेखेर आधुनिक नेपाली कवितामा प्रयोगवादी धाराको प्रवेश गराउने प्रतिनिधि कवि हुन मोहन कोइराला । हुन त कोइराला क्लिष्ट कविता लेख्ने कवि हुन् तापनि युग जीवनका निराशा, कुण्ठा, अकर्मण्यता, विसंगति अमर्ुत चिन्तन, प्रथम विश्वयुद्धपछिको सङ्कटग्रस्त मानसिक अवस्था, र्व्यर्थता, निस्सारता, ब्रि्रोही भावना आदिको सफल प्रयोग पाइन्छ यिनका कवितामा । यस घाइते युग कविताका कवि कोइरालाले २०१७ साल र त्यस समयको परिवेशलाई विषयवस्तुको रुपमा उठाएका छन् ।
२०१७ सालको समय आफैमा घाइते भएको, मान्छेका आस्था, विश्वास, अस्तित्व, सबै गुमिसकेको सिङ्गो समाज वा राष्ट्र नेै विकृति, विसङ्गत बनेको भाव व्यक्त गरेका छन् । कविले सामाजिक, आर्थिक, वैचारिक, पारिवारिक तथा सिङ्गो राष्ट्रिय समस्याको सामना गर्दै बाँच्नुपर्दाको नेपालीहरुको पीडा एवं दयनीय अवस्थाले गर्दा २०१७ सालको समय पूरै आफैमा घाइते भएको भाव प्रकट गर्दछन् । कविले मानिसको स्वतन्त्रता, समानतालाई तत्कालीन युग -२०१७) का शासकवर्गहरुले कोपरेको, चिथोरेको भुत्ल्याएकाले त्यस युग तथा त्यस युगमा बाँचेका आम नेपालीहरु शक्त घाइते भई बेवारिसे लासतुल्य भएको ठानी विगतको सुन्दरता, स्वतन्तालाई र वर्तमान -वि.सं. २०१७) सालको जटिलता, विवशता, असहजता, अप्ठ्यारोपनालाई कविताका पङ्क्तिबाट यसरी व्यक्त गर्दछन्-
ए मानिस जसको पञ्जाले युगलाई कोपर्छ ।
चिमोट्दछ-भुत्ल्याउँछ
समय घाइते बाघलाई पाठोलाई झै
जिस्क्याउँछ ।
त्यो युगको नङ्ग्राबाट त्यो त्यहाँ पल्टेको होला ।
जसले युगलाई तिखो नङ्ग्राले कोपरेको होला ।
प्रथम विश्वयद्धले मानव जीवन सङ्कटग्रस्त बनेको, आम नेपाली नागरिकका लागि २०१७ साल कष्टप्रद बनेको, आम नेपालीहरुका इच्छा, आकाङ्क्षा माथि कुठराघात भएको, प्रत्येक नागरिकका विचारहरुलाई २०१७ सालको परिवेशमा झयालखानामा कैद गरिएकाले मानव जीवन अन्धकार बनेको, हरेक नेपालीहरुका हक, अधिकार खोसिएका, आम नेपाली जनसमुदायहरु नै रोगी बनेका र उपचार्रार्थ अस्पतालमा भर्ना गरिएको भाव व्यक्त गरेका छन् कविले । आफूखुशी निर्वाधरुपमा डि“ड्डुल गर्न बन्देज गरिएको, मान्छेका विचारहरु हस्पिटलका शैयामा, झयालखानामा कैद गरिएको सिङ्गो समाज रोगी नै रोगीले भरिएको अस्पतालतुल्य भएको भाव व्यक्त गर्दछन् । कविले मान्छेका इच्छा, रुची, आकाङ्क्षा हराइसकेको यत्रतत्र वा सिंगो नेपाली समाजमा भय, त्रास, आशंका फैलिएकोले त्यस युग नै घाइते भएको बताउँछन् आफ्ना पङ्तिहरु मार्फ-
जसका विचार बन्दछन, हस्पिटलमा कैयौंदेखि
जसका विचार नष्ट छन् झयालखानामा लाखौं देखि
म त विरामी पो छु ।
टाढाटाढा बरन्डाबाट नर्स आउँछन् ।
आफ्नो कर्ुर्कुच्चा बजार्दै ।
प्रयोगवादी कवि मोहन कोइरालाले उक्त कवितामा जम्माजम्मी ३१२ शब्दहरुको माला बुनेका छन् । तत्सम, तद्भव, आगन्तुक शव्दको प्रयोग गराएर कवितामा मनोरम थपे पनि तद्भव शब्दको बाहुल्यता देखिन्छ उक्त कवितामा । यसका साथ-साथै तत्कालीन नेपाली शासकहरुमाथि आफ्ना कविताका पङ्तिहरुमार्फ आफ्नो ब्रि्रोही भाव प्रहार गरेका छन् । अर्कोतिर प्रथम विश्वयुद्धपछिको सङ्कटग्रस्त अवस्थाको सफल प्रयोग पनि उत्तिकै चाखलाग्दो देखिन्छ कवितामा । कविको उक्त कविता मूलतः २०१७ सालको नेपाली समाज, त्यसताकाका नागरिकका लागि दर्ुभाग्य बनेको, युगीन समस्याले जरा फैलाएको मानव जीवनको चित्रण गर्नमा उद्धत देखिन्छ । मान्छेले असङ्गतका माझ पनि जीवन जिउनुपर्ने वाध्यता रहेको अन्याय, दमन, अत्याचार गर्नेहरुमाथि जाइलाग्न खोज्दा मान्छेका विचारहरु झयालखानामा कैद गर्ने, मान्छे बेवारिसे लाश बनेर बाटोका किनारमा, पुलमुनि, झाङ्माथि फालिदिने क्रुर शासकहरुप्रति कविताका पङ्तिहरुमार्फ घुमाउरो पाराले प्रहार गरेका छन् ।
(स्रोत : नयाँ युगबोध राष्ट्रिय दैनिक – शनिबारको सौगात)