गजल : रवीलाई फाँसी दिनै पर्छ

~हेम जङ्ग कार्की~

दिन दुःखीको सारथी बन्छ । रवीलाई फाँसी दिनै पर्छ ।
वेचियका चेलीको उद्दार गर्छ, रवीलाई फाँसी दिनै पर्छ ।

घरमा पनि छट्पट् छट्पट् गर्ने, सुत्ने खानेको टुङ्गो छैन,
तस्करीको अड्डा खोजी गर्‍यो, रवीलाई फाँसी दिनै पर्छ ।

खुसु खुसु सुकारी गर्ने, घुसखोरीको पछि लाग्ने,
जो रंगेहात लाईभ गर्‍यो, रवीलाई फाँसी दिनै पर्छ ।

गल्लि चोकमा न्याल्दै हिड्ने, दयालु मन छताछुल्ल पारी,
पिडीतलाई मलम लायो, रवीलाई फाँसी दिनै पर्छ ।

वेचिएका चेलिहरु चियो गर्ने, ठाँउ ठाँउ क्यामेरा राख्ने,
रिपोर्ट २४ न्यूजमा देखायो, रवीलाई फाँसी दिनै पर्छ ।

सबै वुझक्कड भ्रममा भए, दुख सुख उसैलाई सुनाउने,
सबैका कुरा सन्ने भयो, रवीलाई फाँसी दिनै पर्छ ।

दिन दुःखीको सारथी बन्छ । रवीलाई फाँसी दिनै पर्छ ।
वेचियका चेलीको उद्दार गर्छ, रवीलाई फाँसी दिनै पर्छ ।

हेम जङ्ग कार्की
ओखलढुङ्गा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

1 Response to गजल : रवीलाई फाँसी दिनै पर्छ

  1. Hem Jung Karki says:

    वर्तमान अबस्थालाई अनुसरण गरियको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.