~अमृत सिङ थिङ~
तिम्रो न्यानो अगाँलोले मलाई बोलाई रहन्छ
चञ्चल तिम्रो आखाँहरु सधै सताई रहन्छ
काउकुती पो लाग्न थाल्छ मेरो सामु तिमी हुँदा
त्यसैले त लाजहरु सधै शर्माइ रहन्छ
कल्पनामा तिमी आउँदा एक्लै त्यसै रमाउछु
झस्काऐर किन प्रिया सधै अताई रहन्छ
स्पर्शको थोपाहरु बर्षाएर शरीर भरी
मिठा मिठा बात गरि सधै भुलाई रहन्छ
माया हो कि मोह हो? कित मनको लोभी पन
प्रेममय धुन बजाई सधै नचाई रहन्छ ।।
अमृत सिङ थिङ
हाल : मलेसिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )