~यकिना अगाध~
यसपाली बर्खामा अरु बेलाभन्दा धेरै ठूलो पानी पर्यो । ठाउँ ठाउँमा पहिरो गएको र मान्छेहरु बगाएको समाचारहरु सुनिन थाले । यस गाउँका पूजारी बाजे यी खबरहरु सुनेर साह्रै डराए । यो बर्खा सकुशल टार्नका लागि उनी रातदिन भगवान गुहार्न थाले ।
अरु दिनभन्दा त्यसदिन झनै ठूलो पानी पर्ने संकेत देखापर्न थाल्यो । रिमरिमे उज्यालो हुँदा सिमसिमे रहेको पानी बढ्दै बढ्दै ठूलो ठूलो थोप्लामा परिणत भयो । ऊ हतार हतार हातमुख धोइ चोखिएर मन्दिर गए । भगवानसँग आशिर्वाद मागे– ‘हामी अबलाको रक्षा गर्नुस् हे भगवान !’ सयौं पटक मन्दिरको मुर्तिमा लम्पसार परेर रक्षाको लागि याचना गरिरह्यो र भगवानले रक्षा गर्ने आश्वसनमा घर फर्किए ।
उनी मन्दिर छोडेर दुईचार पाइला मात्र अघि बढ्दै थियो त्यही बेला ठूलो अवाजको गर्जनले सिङ्गो पाखो नै थाक्र्यो । गाउँपाखाका मान्छले देखे, आफ्नो राक्षाको लागि याचना गर्न देउताकहाँ गएका पूजारी बा ठूलो पहिरोले बगाएर लाँदै थियो । अघिसम्म देउतालाई बल मागिरहेको पूजारी बा अब चाँहि गाउँलेहरुसँग गुहार मागिरहेको थियो ।
(रचनाकार स्वयम् ले तामाङ भाषाबाट अनुवाद गर्नु भएको)