~केशर देवकोटा~
के भनुँ तिमीलाई जीवनको मोडहरूमा
भुल्नै नसक्ने याद दियौ मलाई
के भनि बोलाउँ म तिमीलाई तिमी नै भनिदेउ न
भुल्नै नसक्ने क्षण दियौ मलाई ।
खै के गर्यौ नि तिमीले
सायद भुलिगयौ कि कसो
सम्भाली राखेछु सम्झनाहरू सब
हृदयभित्र सधैँ लुकाई राखेछु ।
जसो गरे नि हुन्छ है
आखिर लानु के नै छ र ?
सम्भाली राखे है सम्झनाहरू सब
हृदयभित्र सधैँ लुकाई राखे है ।
के भनुँ तिमीलाई जीवनको मोडहरूमा
भुल्नै नसक्ने याद दियौ मलाई
के भनि बोलाउँ म तिमीलाई तिमी नै भनिदेउ न
भुल्नै नसक्ने क्षण दियौ मलाई ।
००
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )