~ऋतिक यादव~
हरेक क्षणहरु सदाका लागि यथावत् रहने छैन
एक फरक संसारको उदघोषले जन्म लिनेछ
एकदिन मानवको कर्मको अजिब फल देखिनेछ
मायारुपी संसारमा बर्वादीको अहंकार फैलिनेछ !
एकदिन ठुल्ठुला इमारतहरु मात्र खडा हुनेछ
भोकमरीको डुबानमा यो संसार चुर्लुम्म डुब्नेछ
एकदिन अक्सिजनको सिलिन्डर बोक्नु पर्नेछ
पानीको बोतलझैं अक्सिजनको बोतल बिक्नेछ !
एक दिन सुर्यको प्रकाशले पनि साथ छाडनेछ
विज्ञानको उपलब्धिहरु पनि शाब्दिक बन्नेछ
एकदिन मानिसले मानिसको मासु खानु पर्नेछ
प्रकृतिका हरित वरदानहरु निष्कर्षमा पुग्नेछ !
एकदिन बलको तुजुक देखाउनेको मासु झुल्नेछ
अन्जान दुनियाँको सफरले गर्दा मान्छे छटपटिनेछ
एकदिन पैसावालाको पैसा पनि बेकार ठहरिनेछ
आहारको अनिकाल भई हाहाकार मच्चीनेछ !
– ऋतिक यादव
सिम्रौनगढ-१०,बारा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )