गजल : सुक्नुभन्दा अघि उठौँ

~केशव गाह~

शरीरको तातो खुन सुक्नुभन्दा अघि उठौँ
सगरमाथाको शिर झुक्नुभन्दा अघि उठौँ

तनभरी जताततै काटिएका घाऊहरू
भित्रभित्रै झन बढी दुख्नुभन्दा अघि उठौँ

शोषकको जाल चिर्न एकतामा जुर्मुराई
बिहानीको सूर्य झुल्को पुग्नुभन्दा अघि उठौँ

खेल्दैछन् खेल देशभित्र अस्मिता नै लुट्ने
राष्ट्रियता हाम्रो यहाँ चुक्नुभन्दा अघि उठौँ

देश अनि जनताको निम्ति केही काम गर्न
एक मुठी स्वास अब रुक्नुभन्दा अघि उठौँ
–पाल्पा

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क २४ – April 30, 2014 – २०७१ बैशाख १६ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.