लघुकथा : बेला न कुबेला ‘बजि नयला’

~हिरण्य भोजपुरे~

— प्याराडाइज कोलोनीमा अचम्म–अचम्म हुन्छ ।

— के भो भाइ ?

— आज हजुरको घरतिर हेरेको, हजुर त सम्साँझै मजाले ठाडो घाँटी लगाउँदै हुनुहुन्थ्यो । मलाई तत्काल हजुरकहाँ दौडँदै आउन मन लागेको त हो, तर के गर्ने ! रात निकै नै छिप्पिसकेको छ ।

— सरी भाइ ! तपाईं नआउनुहोस् ।

— किन र दाइ ?

— किनकि म जुलाफ गर्न साँझभरि पानी खाँदै थिएँ । पानी त तपाईं घरमै बसेर पनि खान सक्नुहुन्छ नि !

मैले फोन मारिदिएँ ।

(स्रोत : नेपालभूमी – २०७४ माघ ९ गते मङ्गलबार प्रकाशित अङ्कबाट)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.