कविता : यात्रा

~देवेन्द्र कुँवर~

अघि बढेका छन् तिम्रा पाइला
पछि हट्नु हुन्न अब
रोकिन्छ पाइला तिम्रो तब
पूरा हुन्छ महान लक्ष्य जब ।

आउछन् हजार विघ्नवाधाहरू
तिम्रो हिड्ने बाटामा
पन्छाउँदै जाउ विघ्नबाधा
मुक्तिकामी जस्ता छन् साथमा

जिताउन असत्यलाई
अवसरवादका अनुयायी सारा लागे पनि
सत्यको जीत हुन्छ एकदिन
जनता सारा जागे भनी ।

तिम्रो विचार नबुझेर
सबैले खेदो खने पनि
लड्नु पर्छ सधैं तिमी
जेसुकै बाधा आए पनि

माकुराको जस्तै जालो
अवसरवादले फिँजाएको छ
च्यातिन्छ जालो एक दिन पक्का
जनसारा चिढाएको छ ।

तोड्न सक्छन् तिम्रो यात्रा
अवसरवादी जो कोही पनि
विचार तिम्रो महान छ
जाउ तिमी पत्थर बनी ।

हुलहुलैयामा हिड्नेहरू
एक्लै देखे हाँस्न खोज्छन्
अप्ठयारोमा डराउनेले
बाटा सजिला रोज्न सक्छन् ।

– बुटवल

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क २६ – May 21, 2014 – वर्ष ३१, अङ्क २६ )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.