~कल्पना पौडेल~
बढ्दै छन् दिनहुँ लासका खालहरू
रगतले रङ्गिँदैछन् नयाँ सालहरू
हत्या हिंसा बढ्दैछ हाम्रो देशमा
सुक्नै पाएनन् रगतका तालहरू
रूवाबासी जनताको भोक शोकले
यथावत नै छन् सधै बेहालहरू
शान्ति छाउने आसा अब म¥यो
रोकिने छैन यहाँ नेताका चालहरू
दयालु मनहरू कतै हैन रहेछन्
सबै हिँड्छन् यहाँ थाप्तै जालहरू
मातृभूमिहरूको यो विजोग हेर्नुभन्दा
देशद्रोही सामन्तीलाई लैजा कालहरू
–गैडाकोट, नवलपरासी (हालः इजरायल)
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ९ – Jan. 9, 2013 – २०६९ पौष २५ गते, बुधबार)