~राजेश नेपाली~
लौ न ए नेपाल आमा तिम्रो घर भाडिँदैछ
सानो यो सुन्दर नेपाल टुक्रा पारी बाडिँदैछ
बहुल जाति भाषा धर्म बसेका छौँ मिलीजुली
खिचातानी गर्दै फूलबारी यो माडिँदै छ
सानो यो सुन्दर नेपाल टुक्रा पारी बाडिँदैछ
हिमाल पहाड तराई हाम्रो हामी सबै नेपाली हौँ
एकै स्वरमा भन्ने गथ्र्यौ आज भन्न छाडिँदैछ
सानो यो सुन्दर नेपाल टुक्रा पारी बाडिँदैछ
पूर्व मेची महाकाली एउटै आँगन नेपालको
आज त्यही आँगनभित्र जातीय सिमा गाडिँदैछ
सानो यो सुन्दर नेपाल टुक्रा पारी बाडिँदै छ
को मधेसी को पहाडी दाजुभाइको नाता हाम्रो
बैरीले कान फुकि दियो आज त्यै भाइ टाढिँदैछ
सानो यो सुन्दर नेपाल टुक्रा पारी बाडिँदैछ
–खाँचीकोट— २, अर्घाखाँची
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ३४ – July 4, 2012 – २०६९ आषाढ २० गते, बुधबार )