~राहुल पुन~
विचरा !
झोलीको सोगी
खरावीको भोगी
विचारको रोगी
आखिरीमा
काठमाडौं छिरेकै
अलच्छिनले गिरेकै
लोभिभाँडो भिरेकै
कान त चिरेकै
पुरानाहरु
फाटे– गलेका
सिनोझै सडेका
जिउदै ढलेका
धुत्नलाई पल्केका
लुट्नलाई सल्केका
चुर्लुम्मै डुबेका
घुमिफिरी रूम्जाटार झै
पुराना त खराव नै
नयाँ पुराना
एउटै बारीका मुला
बाहिर ठुला, भित्र लुला
कवाडीका थुप्रा
विचारमा कुप्रा
त्यही भएर हो
जितिरहेछन् ठुला पार्टीहरू
हारिरहेछ देश
मोटाइरहेकै छन् नेताहरू
दुब्लाइरहेछन जनता
खुसी मनाइरहेछ शासक
दुःखी छ समाज
खुलै छ आकाश
नाङ्गै छ शरीर
भोकै छ पेट
ए होइन अब
आउ समाउ झन्डा
वनाउ नयाँ शक्ति
जन्माउ क्रान्ति
अनि ल्याऔ समानता
नत्र
कहिल्यै पाउँदैनौ मुक्ति
–गुल्मी
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ३९ – Aug. 15, 2012 – २०६९ श्रावण ३१ गते, बुधबार)