~रामेश्वर पौडेल~
चिसोचिसो यो सिरेटो चलेर आयो
किन हो मुटुको चाल बढेर आयो
सोधु म कस्लाई गई आज हेर
बाच्ने आशाा यो फेरी मरेर आयो
खेत बारी बाझो झन बढेर आयो
आकाशे खेती गर्या त्यो ढलेर आयो
तन्देरी युवा गाऊँमा भेट्न गाह्रो
सम्झिदा मनमा आगो बलेर आयो
आफ्नै गाऊँ पनि परदेश भएर आयो
गाऊँको दु:ख देख्दा यो मन गलेर आयो
भुकम्प पिडितको त्यो दशा देखेर हेर
मेरो मन मुटु त यो साह्रै जलेर आयो
– रामेश्वर पौडेल
बूढानीलकण्ठ काठमाडौं ।