लघुकथा : परिवेश

~कात्यायन~dhanwantari-mishra-katyayan

– ‘बाबा’ !

– ‘अँ भन !

– ‘ती मंचमा आसिनहरू को को हुन् ?’

– ‘कुनै पार्टीका नेता-अधक्षहरू वा मन्त्री-प्रधानमन्त्रीहरू वा सभामुख वा राष्ट्र-पति यस्तै-यस्तै हुन् बाबु |’

– ‘यिनीहरूलाई किन यति साह्रो मान-सम्म़ान गरिन्छ हामी प्रवासीहरूद्वारा ?’

– ‘हाम्रो देशका ईज्जतहरू हुन् उनीहरू छोरा !’

– ‘यिनीहरूकै कु-नीति-नियम र अव्यवस्थाले हामीहरू विदेशिनु परेको हैन र बाबा ? अन्त-राष्ट्रिय मंचहरूमा त नंग्याए पो हामीहरू स्वदेश फर्कने परिवेश सृजना हुने थियो कि ?’

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.