धरतीमा कलकलाउँदो बगेको छ मूल।
सिर्जनामा फुलेको छ,अजम्बरी फूल ।।
चुम लिम्बूले छोएपछि मसी गीत बन्छ ।
माटोभित्र मुटु चल्छ,रंग चित्र बन्छ ।
वनचरीको गलाबाट बग्छ चुमको भाषा ।
बसेकीझै सासभित्र सरस्वती बास ।।
धरतीमा —
मलाई उसको भावभित्र डुलूँ-डुलूँ लाग्छ ।
फूलजस्ता शब्दलाई सुघूँ-सुघूँ लाग्छ ।
कलासँग लुकामारी खेल्दै जुनी काटूँ ।
हिर्दय यो सुम्पिएर उसको रंग साटूँ ।।
धरतीमा—
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)