~शशीकला थापा सुब्बा~
खहरेको जिन्दगानी कहिले चट्टान कहिले भिर .
बगिरहन्छ एकोहोरो आफ्नो लुकाएर पिर
बुझ्यौ भने हर थोपाको आफ्नो-आफ्नै कहानी हुन्छ
तिर्खाएर हेरयौ भने मात्र केवल पानी हुन्छ
नियतिको मार् सहदै कहिले रुदै सुसाएर .
बगिरहन्छ एकोहोरो आफ्नो पिर लुकाएर
कहिले कुना कहिले गल्छी कहिले छाँगाबाट झर्छ
उछिटिन्दै कहिले फुलको हाँगा हाँगाबाट झर्छ
झर्नु नै हो जीवन भनी बाटो सबै बिराएर
बगिरहन्छ एकोहोरो आफ्नो पिर लुकाएर
हाल : लण्डन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)